बाढीपीडित सहयोगार्थ अनेरास्ववियु कास्कीद्धारा राहत संकलन


पोखरा – अविरल बर्षाका कारण तराईमा भएको जनधनको क्षतीलाई मध्यनजर गर्दै बाढीपीडित सहयोगार्थ अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)कास्कीले राहत संकलन गरेको छ । राहत संकलन अभियान अन्र्तगत संगठनले जिल्लामा रहेका विभिन्न क्याम्पस मार्फत एक लाख बाह्र हजार त्रिहत्तर रुपैंया संकलन ग¥योे ।

पीडितहरुको सहयोगार्थ अनेरास्ववियु जनप्रिय क्याम्पस कमिटीबाट ६२,५२८ , पोखरा विश्वविद्यालयबाट १५,७४५ , पृथ्वीनारायण क्याम्पसबाट २०,००० र संगठन सदस्यहरु मार्फत १३,८०० रुपैंया संकलन गरिएको अभियानका संयोजक बिबेक देवकोटाले जानकारी दिए ।यसैबिच, संगठनले अभियान अन्र्तगत रुपैंया संकलन बन्द गरेको देवकोटाले बताए । जिन्सी राहत समाग्रीहरु भने संकलन जारी रहेको उनको भनाई छ ।

संकलित रकम संगठनका केन्द्रिय उपाध्यक्ष महेश वर्तौलालाई हस्तान्तरण गरिएको छ । अनेरास्ववियु केन्द्रिय कमिटीको सर्कुलर बमोजिम जिल्ला कमिटीले आफ्ना मातहतका क्याम्पस कमिटीहरुको समन्वयमा अभियान सञ्चालन गरेको थिया