ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं –  भारतीय पक्षले एकतर्फी रुपमा दसगजामै जोडेर बक्की बाँध बनाएकाले नदी र खोलामा आउने बाढीको निकास थुनिँदा सप्तरीको दक्षिणी क्षेत्र बर्सेनि डुबानमा पर्दै आएको छ । सीमामा सडकका नाममा भारतीय पक्षले पक्की बाँध बनाए पनि पानी निकासका लागि आवश्यक कल्भर्ट, पुल नबनाउँदा डुबानको पीडा बर्सेनि थपिँदै गएको खबर आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।

शनिबार प्रकाशित दैनिक पत्रिकाहरुले बाढीपीडितलाई सरकारले दैनिक ७० रुपैयाँ दिन लागेको, नेटवर्क मार्केटिङलाई ब्युँताउने प्रयास भइरहेकोलगायत खबरलाई प्राथमिकताका साथ लेखेका छन् ।