“वालीकाको टाउकोमा अड्केको प्रेसरकुकर ४ घण्टा पछि निकालियो”


दिननाथ बराल
पोखरा,  साउन १०,

साबधान ! यदी तपाँईका वालवालीकाहरु रहेका छन भने उनीहरुलाई भाडाकुँडा भएकोे ठाँउमाा एक्लै नछाड्नुहोस । यदी तपाँईले भाडाकुडा भएको ठाँउमा उनीहरुलाई छाड्दा कतै उनीहरुले ती भाडाँकुडा खेलाउदा ठुलो समस्या ल्याउन सक्छन ।
यस्तै समस्या आई लाग्यो शनिबार कास्कीको नयाँपुल निवासी समिता सुनारकी १० महिने छोरी भुमिका सुनारलाई । भाडाकुडाँ भएको भान्छा कोठामा भुमिका एक्लै भएको अबस्थामा दुई लिटरको  प्रेसर  कुकर आफ्नो टाउकोमा छिराउदा परिवारलाई टाउको दुखाईएको बिषय भयो ।

चिन्ताले व्याकुल हुदै सुनार परिवार सहित उनको छिमेकी भुमिको टाउकोमा अड्केको कुकर निकाल्न पोखराको फिस्टेल अस्पतालसम्म आउनु पर्यो ।
शनिबार ३ बजेको समयमा भुमिकाले भाडाकुडा खेलाउदै गर्दा कुकरमा आफ्नो टाउको छिराएको त्यस पछि स्थानिय मेडिकलमा लग्दा पोखरा लैजान सुझाव दिए पछि उनको परिवारले टाउकोमा अलझेको कुकर निकाल्न ट्याक्सी खोजेर अस्पताल पुराए,
उनीलाई अर्ध चेत बनाएर उनको टाउकोमा अड्केको कुकर फिस्टेल अस्पतालका चिकित्सकले करीब एक घण्टामा निकालेको उनका छिमेकी आनन्द तिमिल्सिनाले बताए ।  घरमा निकाल्ने प्रयास भए पनि निकाल्न नसकेर वालीका रुन कराउन थाले पछि आफुहरु मेडिकल हुदै अस्पतालमा कुकर निकाल्न आएको भुमिकाकी आमा समिता सुनारले बताईन।