एनआरएन स्विडेनको चौथो अधिबेशन सम्पन्न,अध्यक्षमा श्रेष्ठ


बार्सिलोना / गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विडेनको चौथो अधिबेशनबाट अर्जुन कुमार श्रेष्ठ अध्यक्षमा निर्बाचित भएका छन्। शनिबार राजधानी स्टकहोममा सम्पन्न अधिबेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

यस अघि नयाँ नेतृत्वको लागि खिम बहादुर खत्री न्यौपानेको समुहले पनि दाबी गर्दै आएको भए पनि अन्तिम समयमा असन्तुष्टि जनाउँदै निर्बाचन प्रक्रियाबाट बाहिरिएको थियो। न्यौपाने समुहले बिज्ञप्ति जारी गरेर निर्बाचन प्रक्रियामा असन्तुष्टि प्रकट गर्दै  बाहिरिएको हो। 

गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत महिला फोरम उपसंयोजक रजनी प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको छ। अधिबेशनमा केन्द्रिय पर्यबेक्षका रुपमा स्बिजरल्याण्डबाट अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य डा. बिनय श्रेष्ठ पुगेका थिए।

श्रेष्ठ नेतृत्वको यस्तो छ निर्बाचित कार्यसमिति

श्रेष्ठ नेतृत्वको नयाँ कार्यसमितिको उपाध्यक्षमा टेक बहादुर रोका,महासचिवमा दिनेश कुमार श्रेष्ठ,सचिवमा राजकुमार पाठक ओमसन,कोषाध्यक्षमा घनाश्यम पुन (लिल),युवा संयोजक प्रमोद अर्याल  र महिला संयोजकमा उषा गौतम निर्बाचित भएका छन्।

यस्तै सदस्यमा अम्बिका सिग्देल, लोकेन्द्र बहादुर खड्का,कृष्ण क्षेत्री,बिमल कुमार कार्की,भिम बहादुर भण्डारी र प्रदीप सापकोटा चयन भएका छन्। यस्तै आईसीसी सदस्यमा प्रबेश कुवँरलाई अधिबेशनले प्रस्तावित गरेको छ। केन्द्रिय महिला फोरम उप संयोजक प्रधानको उपस्थितिमा स्बिडेनमा महिला फोरम समेत गठन भएको छ।  बाढी पिडितका लागि २ लाख रुपैयाँ सहयोग घोषणा

नयाँ निर्बाचित कार्यसमितिको पहिलो बैठकले नै बाढीपिडितका लागि २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले मुलुकमा बाढी प्रभावित क्षेत्रमा सहयोग पुगोस् भन्दै एनआरएनले गठन गरेको राहत कोषमा रकम पठाउने निर्णय गरेको हो।

यसैबीच नबनिर्बाचित अध्यक्ष श्रेष्ठले स्बिडेनको नेपाली समुदायको हितमा काम गर्ने बताएका छन्। उनले भने,” निर्बाचनको प्रक्रियामा असन्तुष्ट बनेको पक्षलाई समेटेर संघलाई एकढिक्का बनाउने प्रयास गर्ने छु।”