पोखराका पर्यटन व्यवसायी बाढीपीडितलाई सहयोग गर्न चितवन जाने


पोखरा – पोखराका पर्यटन व्यवसायीले बाढीपीडितलाई सहयोग गर्न शुक्रबार त्यस तर्फ जाने भएका छन् । गणेश भट्टराई संयोजकत्वमा चारवटा समुह बनाएर व्यवसायीहरु शुक्रबार पोखराबाट सहयोगका लागि जाने सहयोग समितिका प्रचारप्रसार संयोजक हरी भुजेलले जानकारी दिए ।

चौ बहादुर गुरुङको संयोजकत्वमा सौराहाको बच्छौलीमा, दिल गौतमको संयोजकत्वमा चितवनको गोलाघाट जितपुरमा, विकल तुलाचनका संयोजकत्वमा नवलपरासीको सुस्तामा र नारायण सुबेदीको संयोजकत्वमा माडी नगरपालिकामा सहयोग गर्न जाने टोली बताएको भुजेलले जानकारी दिए । राहतस्वरुप २४ लाख बराबारको सामाग्री वितरण गर्ने राहत वितरण कार्यक्रमका संयोजक भट्टराईले जानकारी दिए ।

पहिलो चरणमा चितवनमा वितरण गरिए पनि रकम संकलन गर्दै बर्दिया र रौटहटमा पनि वितरण गर्ने लक्ष्य समितिको छ । बाढी प्रभावित क्षेत्रका पीडितको मागअनुसार खाद्यान्न, म्याट्रेस, झुल, ब्लान्केट वितरण गर्न लागेको रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले बताए । नाट्टाका अध्यक्ष दिलु गौतम, टानका अध्यक्ष दीपक अधिकारी, होटल संघका अध्यक्ष विकल तुलाचन, परिषदका अध्यक्ष केदार शर्मा, उपाध्यक्ष भरतराज पराजुली, कोषाध्यक्ष रामचन्द्र शर्मा, टेसाका अध्यक्ष नारायण प्रसाद सुवेदी लगायतले सामाजिक उत्तरदायित्व स्वरुप बाढीपीडितको लागि राहत संकलनमा केही दिन देखि राहत संकलनमा हिडेका थिए ।