एनआरएनए नाइजेरियाको अधिबेशन सम्पन्न, जनक बिष्ट अध्यक्षमा निर्बाचित


लेगोस, नाइजेरिया – गैर आबासिय नेपाली संघ नाइजेरियाको छैटौं राष्ट्रिय अधिबेशन नाइजेरियाको लेगोसमा सम्पन्न भएको छ । अधिबेशनले जनक बिष्टको नेतृत्वमा संघको सन २०१७ – २०१९ का लागि नयाँ कार्यसमितीको चयन गरेको छ ।

जसको उपाध्यक्षहरुमा बिश्वास पौडेल, बिरेन्द्र गुप्ता, उर्मिला रोका महासचिबमा रोशन थापा, कोषाध्यक्षमा रोहित भाङ्गर, सचिबमा अभिषेक मान सिंह र भरत रिजाल, महिला संयोजकमा अन्जु पौडेल, युबा संयोजकमा इन्द्र टन्डन र सदस्यहरुमा प्रकाश अर्याल, रुद्र दर्लामी मगर, आरती न्यौपाने टन्डन, मदन बोहोरा, उत्तम पौडेल, सारिका क्षेत्री र सन्तोष योगीलाई निर्बाचित गरेको छ ।

त्यसै गरि अधिबेशनले चिरञ्जीवी रोकालाई अन्तरास्ट्रिय समितीको सदस्यमा मनोनयन गरेको छ भने प्रमुख सल्लाहकारमा हिक्मत थापा, सल्लाहकारहरुमा चिरञ्जीवी रोका, डा . तारा प्रसाद श्रेष्ठ, राजेन्द्र मुल्मी र मन थापालाई चयन गरेको छ ।

संघको छैटौं राष्ट्रिय अधिबेशनको समुदघाटन गर्दै संघका अन्तरास्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापाले एनआरएनए नाइजेरियाले आफ्नो दस बर्षको इतिहासमा अफ्रिकामा रहेका नेपालीको दुखसुखमा एनआरएनएलाई एकमात्र सह्योगी सस्थाको रुपमा स्थापित गराएको र अप्ठ्यारोमा पर्दा मार्तुभुमीलाई सकेको सहयोग गरेकोमा सबैलाई गौरावान्नित गराएको छ भन्नू भयो ।

त्यसैगरि सभामा अन्तरास्ट्रिय समितीका सदस्य चिरञ्जीवी रोका, नवनिर्बाचित अध्यक्ष जनक बिष्ट, आरति न्यौपाने टन्डन, राजेन्द्र मुल्मीले शुभकामना मन्तब्य राख्नु भएकी थियो भने बिश्वास पौडेलले संघको सन २०१५ – २०१७ को प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो ।