हुर्जा पत्रकारीता पुरस्कारबाट स्मीता अधिकारी सम्मानीत


पोखरा – मानवअधिकार पत्रकार संघ(हुर्जा) पश्चिमाञ्चलले सातौँ साधारण सभा तथा तेश्रो अधिवेशनको अवसरमा हुर्जा पत्रकारीता पुरस्कारबाट स्मीता अधिकारी सम्मानीत भएकी छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, हुर्जा कास्की अध्यक्ष कृष्ण अन्जान लगाएतले हुर्जा मानवअधिकार पत्रकारिता पुरस्कारबाट पोखराकी पत्रकार स्मिता अधिकारी र सस्थागत पुरस्कारबाट आर्दशसमाज दैनिकलाई सम्मान गरे । अधिकारीलाई नगद पाँच हजार पाँच, दोसल्ला र सम्मानपत्रले सम्मान गरे ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिको सिफारिसमा अधिकारीलाई पुरस्कृत गरेको हो । पोखराबाट प्रकाशित आदर्श समाज राष्ट्रिय दैनिकलाई र संस्थागत सम्मान लेखनाथमा रहेको परिवर्तन नेपाललाई सम्मान गरेको छ ।