गायिका पाण्डेको म जान्छु लाहुर बजारमा


पोखरा । लोक गायिका पुष्पा पाण्डेको म लाहुर जान्छु बोलको लोक दोहोरी गित बजारमा ल्याएकी छन् ।

डिजिटल स्टार पोखराको प्रस्तुती र गायक गायिका प्रेम अधिकारी र पुष्पा पाण्डेको स्वर रहेको छ ।

प्रेम अधिकारीको लय र गायिका पुष्पा पाण्डेको शव्द रहेको छ । हालै मात्र बजारमा आएको अडियोलाई स्रोताहरुले निकै रुचाए पश्चात म्युजिक भिडियो सार्वजनिक भएको हो ।

अडियो जस्तै भिडियोलाई समेत दर्शक स्रोताले रुचाउनेमा आफू आशाबादी रहेको गायिका पाण्डेको भनाई छ ।

उक्त म्युजिक भिडियोलाई शिब भुर्तेलको निर्देशन रहेको छ भने गणेश सापकोटाले छायाकंन गरेको उक्त म्युजिक भिडियोको निर्देशन भने शिब भुर्तेलले गरेका छन् । उक्त म्युजिक भिडियोमा राजु गुरुङ र सविना क्षेत्रीले अभिनय गरेका थिए ।

गायिका पाण्डेले समाजमा रहेको विकृति विसंगतिलाई हटाएर समाज रुपान्तरणमा आफ्ना गित मार्फत सन्देश दिएको बताउछिन् ।

यस गितमा गरिवीका कारण विदेशीनु पर्दाको अवस्था एल्बममा समेटिएको छ भने गायिका पाण्डेको यो पहिलो एल्बम हो ।