पोखरामा आयोजीत दौडको उपाधि लमंजुङका रोशन गुरुङलाई


पोखरा – पोखरामा आयोजना गरिएको दौडको उपाधि लमंजुङका रोशन गुरुङले जित्नु भएको छ । पोखराको पर्यटकीय क्षेत्र सराङ्गकोटमा आयोजना हुने पर्यटन महोत्सवको अवसरमा आयोजित दश किलोमिटर गुरुङले ३७ मिनेट ४८ सेकेण्डमा पुरा गर्नुभयो ।पर्यटन दौडको उपाधि सहित गुरुङले दश हजार रुपैयाँ हात पार्नुभयो ।

त्यस्तै पोखरा मिरुवाका संदिप विक दोस्रो तथा पोखराकै सरोज थापा तेस्रो हुनुभयो । त्यस्तै दोस्रो र तेस्रो हुने विक र थापाले क्रमश ३८ मिनेट ३० सेकेण्ड तथा ३९ मिनेट ४० सेकेण्डमा दुरी पार गर्नुभयो । दोस्रो हुनेले नगद सात हजार र जिप फ्लायरको टिकट जित्दा तेस्रो हुनेले नगद पाँच हजार प्राप्त गरे । त्यस्तै सान्त्वना स्थान प्राप्त गर्ने तीन जनालाई एक हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न आयोजना गरिएको सराङ्गकोट पर्यटन महत्सवको प्रचारप्रसारका लागि महोत्सवको पूर्वसन्ध्यामा दौड आयोजना गरिएको हो । पर्यटन दौडमा ७८ जना स्वेदेशी तथा पाँच जना विदेशीले सहभागिता जनाएका थिए । दौड पोखराको बागलुङ्ग बसपार्कदेखि सराङ्गकोटको टपमा पुगेर सम्पन्न भएको थियो ।