स्वस्तिक हस्तकला उद्योगको नवौ वार्षिक उत्सब


पोखरा – ब्यवस्थापिका संसदका सदस्य तथा नेपाली काग्रेस नेत्री शारदा पौडेलले आत्मनिर्भर हुन आफैले केही गर्ने सिप सिकेर ब्यवसाय गर्नु पर्ने बताएकी छन । स्वस्तिक हस्तकला उद्योगको नवौै बार्षिक उत्सब कार्यक्रमको उद्घाटन गर्दै उक्त कुरा बताएकी छन । कुनै पनि शिप सिकेर प्रमाणपत्र मात्र लिएर दराजमा थन्काउन नहुने भन्दै आफुले सिकेका सिपलाई आफ्नो आर्थिक अवस्था बृद्धि गर्ने कार्यमा लगाउनु पर्ने बताउदै आफु आत्मनिर्भर हुने र सानो तिनो ब्यबसाय गर्ने पर्ने कुरामा जोड दिएकी छन ।

पोखरा लेखनाथ महानगरपालिका बडा न १ की बडा अध्यक्ष सारदा पराजुलिले अब महिला महिला दिदि बहिनीहरु क्रियाशिल रहने आर्य आर्जनको बाटोमा आफै सक्षम हुनु पर्ने बताउदै श्रीमानको मात्र मुख ताक्ने प्रवृतिको अन्त गर्दै आफु आफैमा सक्षम ब्यवसायी हुनु पर्ने बताइन ।
घरेलु तथा साना उद्योग महासंघ कार्यसमिति सदस्य तथा गुरुङ ब्युटिपार्लरका संचालक चिनु गुरुङले हस्तकला के हो र यसको महत्व कति छ भनेर बुझ्ना नसक्दा उद्योमिहरु पछाडी परेको भन्दै उद्यमीहरुको मुल्याङन गर्ने कमजोरीले गर्दा उद्यमीहरुनै पछाडी परेको बताएकी छन । उनले उद्यमीहरुको प्रचार प्रसार को कमिले गर्दा बास्तवीक उद्यमीहरु ओझेलमा पर्ने गरेको भनिन ।

कार्यक्रमका सभाअध्यक्ष तथा स्वस्तिक हस्तकलाका संचालक सिता गुरुङ स्वागत गर्दै सिप सिकेर मात्र आफ्नो सिपलाई ब्यवहारमा उर्तान तालिममा सहभागिहरुलाई आग्रह गरेकी छन । कुनै काम सानो र ठुलो नहुने भन्दै आफुले आफ्नो उद्योगबाट सिप सिकेर कुनै पनि ब्यवसाय गरेको देख्दा आफुलाई खुशिलागेको बताएकी छन । नौ बर्षको अबधिमा आफुले असहाय आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई सिप सिकाउदै आएको र आफ्नो उद्योगमा त्यस्ता महिलाहरुलाई पहिलो प्राथमिकता रहने बताएकी छन ।

कार्यक्रममा तालिममा सहभागि प्रशिक्षार्थिहरुलाई प्रमाण वितरण गरिएको र प्रक्षिक बेलमति पुन र बिष्णुमाया परियारलाई लाई दोसल्लाले सम्मान गरिएको थियो । सिता गुरुङको सभाअध्यक्ष भएको कार्यक्रममा नेवा पुच बडा न १ की अध्यक्ष मिना प्रधान, सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवा बगर की अध्यक्ष जिबन अधिकारी तेसै गरि रेडियिो एपोस्टलका स्टेशन म्यानेजर अनिल शाही, महिला उद्योमी संघक कास्की अध्यक्ष देबकी बराल र तमुधि नेपाल आमा समुहकी सचिब बिना गुरुङ लगाएतका बक्ताहरुले आफ्ना भनाई राखेका थिए ।