एनआरएनए स्पेनमा प्रबक्ता र सल्लाहकारहरु मनोनित


बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको प्रबक्तामा हिरालाल सापकोटा “डायमण्ड” नियुक्त भएका छन्। कार्यसमितिको सदस्यमा रहेका सापकोटा संघको हालै सम्पन्न बैठकको निर्णयबाट प्रबक्तामा नियुक्त भएका हुन्।

संघका महासचिव कृष्ण भुसालले दिएको जानकारी अनुसार संघले ४ जना सल्लाहकारहरु समेत मनोनित गरेको छ। सल्लाहकारहरुमा,अनिल गुरुङ,दीपक खरेल,जानुका रेग्मी खनाल र अर्जुन आचार्य रहेका छन्। यस्तै एनआरएनले हरेक बर्ष  आयोजना गर्दै आएको दशैतिहार कार्यक्रम सम्पन्न गर्न संघका उपाध्यक्ष सुनिल रानाभाटलाई संयोजक तोकेको छ भने हालै सम्पन्न हुने बिभिन्न खेलकुद गतिबिधिहरुका लागि युवा संयोजक रामचन्द्र पौडेललाई जिम्मेबारी दिएको छ।

यसैबीच संघले परिबार पुनर्मिलनको समस्यालाई समाधानका लागि पहल गर्न परराष्ट्र मन्त्रालय मार्फत दिल्ली स्थित स्पेनिस दुताबाससम्म ज्ञापनपत्र पुर्याउने तयारी थाल्दै छ। सम्पत्ति प्रमाणीकरण देखिएका समस्याहरुलाई सम्बोधन गर्ने गरी ज्ञापनपत्रको तयारी थाल्न संघका अध्यक्ष चिन्तामणी सापकोटालाई संयोजक तोकिएको छ।

स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुसँग छलफल पछि अझ यसलाई बृहत रुपमा आवाज उठाउने संघले जनाएको छ।