राजबल्लभ कोइरालाले लगनगाँठो कस्ने


पोखरा – पोखरेली नायक राजबल्लभ कोइरालाले लगनगाँठो कस्ने भएका छन् । उनले आईतबार झापाकी प्रतिमा विमलीसँग इन्गेजमेन्ट गरेका छन् । अमेरिकाको मेड्ट्रोनिक बस्दै आएका नायक कोइराला विगत आधा दशकदेखि उतै जीवन ब्यतित गरिरहेका छन् । हलिउड फिल्म ‘हाइवे टु धम्पुस’ खेल्न अमेरिका हानिएका राजबल्लले त्यसपछि अमेरिका छाड्न सकेका छैनन् ।

रेडियो उद्घोषक हुँदै चलचित्र क्षेत्रमा होमिएका उनले कास्कीको पोखरा एफएममा चलाएको ब्रेक फेल नामक हाँस्य कार्यक्रम एक ताका हिट थियो । ‘पर्खिबसें’ चलचित्र मार्फत पर्दामा आएका राजबल्लभको पहिलो चलचित्र सफल भएको थियो ।

त्यसपछि उनले हाँसीदेउ एकफेर, राघव, हे युवा, दिवानापन, सम्झना, गुरुदक्षिणा, पहिलो पहिलो माया, छाडिगए पाप लाग्ला, कसम हजुरको, मसान, अपवाद, कोही त छ, सो सिम्पल, ऋतुलगायत डेढ दर्जन बढी नेपाली चलचित्रमा अभिनय गरेका छन् ।