बडी बिल्डर कमल भण्डारी पोखरामा सम्मानित


पोखरा – बडी बिल्डर कमल भण्डारीलाई गण्डकी बडी बिल्डिङ ट्रेनिङ सेन्टरले एक औपचारिक कार्यक्रमका बिच सम्मान गरेको छ । दक्षिण कोरियामा सम्पन्न ५१ औं एसियन खेलमा ५५(६० किलो तौल तर्फ तेस्रो भई कास्यपदक हासिल गरेको भन्दै बडी बिल्डर भण्डारीलाई सम्मान गरेको हो ।

सोही अवसरमा बोल्दै भण्डारीले अहिले सम्म हात पारेका उपलब्धिहरुको श्रेह गण्डकी ब्यायामशाला, रत्न श्री ब्यायामशाला र अग्रज दाईहरुलाई जाने बताए । भण्डारीले जुनसुकै खेल जित्नको लागि हौसला, सहानुभूति र आत्मबिश्वाशले महत्वपूर्ण भुमिका खेल्ने बताउदै प्रतियोगितामा कित जित्न सकिने होईन भने केही न केही सिक्न सकिने बताए । साथै आगामी असोजमा मिस्टर वर्ल्डको लागि मंगोलियामा सहभागी हुने बताउदै कुनै न कुनै उपाधी हासिल गर्दै रास्ट्रको शिर उच्च पार्ने समेत भण्डारीले बताए ।

सम्मान कार्यक्रममा प्रमुख अतिथी रहेका पुर्ब बडी बिल्डर तथा लिड्स एजुकेसन सेन्टरका प्रमुख राकेश जोशीले बडी बिल्डिङ चुनैतीपुर्ण खेल रहेको बताउदै लगानी बढी उपलब्धि कम रहेको बताए । तर बीस बर्ष यता बडी बिल्डिङ्ले धेरै फड्को मारीसकेको बताउदै आफ्नो शरीर स्वस्थ्य राख्नको लागि पनि युवाहरु बडी बिल्डिङ सँग नजिकिनु पर्नेमा जोड दिए ।

पोखरा लेखनाथ महानगरपालिका (५ मालेपाटनमा पिता दुर्गा दत्त भण्डारी र माता पशुपति भण्डारीको कोखबाट जन्मिएका भण्डरीले राष्ट्रिय तथा अन्तरास्ट्रिय प्रतियोगिताबाट हाल सम्म ११ वटा स्वर्ण पदक, २ वटा रजत पदक र ३ वटा कास्य पदक हात पारीसकेका छन । नयाँ बसपार्कका राजु केसीको निजि ब्यायामशालाबाट अभ्यास सुरु गरेका भण्डारीले तेस्रो मिस्टर पोखरामा तेस्रो स्थान हासिल गरेपछी औपचारिक रुपमै रत्न श्री ब्यायामशालामा अभ्यास थालेको र अहिले प्रशिक्षकको रुपमा भण्डारी कार्यरत रहेको कार्यक्रम सन्चालकले जनाए ।जिबन घिमिरेको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रमको संयोजन नवीन आले मगरले, स्वागत मन्तब्य राजु थापाले व्यक्त गरेका थिए भने प्रकाश आचार्यले कार्यक्रम सन्चालन गरेका थिए ।