असोज ५ गते साँग्रिला भिलेज रिसोर्टमा लायन्स नाईट हुने


पोखरा – नेपालीहरुको महान पर्व बिजयादशमी तथा दिपावलीको अवसरमा लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले तेस्रोे संस्करणको लायन्स नाईट गर्ने भएको छ । घटस्थापनाका दिन असोज ५ गते पोखराको साँग्रिला भिलेज रिसोर्टमा हुने कार्यक्रममा पोखरेली सांगितिक समुह डिमर्चा भाष्करध्वज श्रेष्ठ, लक्ष्य ब्याण्ड तथा दिक्षा जे थापा लगायत नेपालका ख्याती प्राप्त कलाकारहरुले गीत गाउने कार्यक्रमका संयोजक एवम क्लबका अध्यक्ष बिष्णुबाबु खड्काले मंगलबार कार्यक्रमका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बताए ।

कार्यक्रममा पोखरा र आसपास रहेका लायन्स तथा गैरलायन्सहरु विच बिजयादशमीको शुभकामना आदानप्रदान तथा लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वानका गर्भनर एमजेएफ लायन धनराज आचार्यलाई सम्मान गरिने कार्यक्रम रहेको खड्काले जानकारी दिए । बिगतका कार्यक्रमकोे सफलताले हौसला प्राप्त भई यो वर्ष पनि कार्यक्रम गर्न लागिएको क्लबका निवर्तमान अध्यक्ष सुदिप पौडेलले बताए ।

लायन्स मार्फत समाजमा अतुलनिय योगदान प्रदान गर्ने डिस्ट्रिक गर्भनरलाई सम्मान गरिने हुनाले कार्यक्रमको थिम नै ‘एन अनर टु गर्भनर’ तय गरिएको छ, पौडेलले भने । कार्यक्रमबाट बचत रकम लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वानको पढाउ अभियानमा सहयोग गरिने क्लबका रिपोर्टिङ्ग अफिसर एकराज गिरीले जानकारी दिए । कार्यक्रममा क्लबका सचिब किसन गिरी, तृतिय उपाध्यक्ष एवम प्रचार संयोजक सन्जय मल्ल लगायतले बोलेका थिए ।

कार्यक्रम सम्पन्न गर्नका लागि क्लबका अध्यक्ष बिष्णुबाबु खड्काको संयोजकत्वमा बिभिन्न उपसमिती गठन गरेको छ । जसमा सहसंयोजक निरन केसी, बिनय थापा, प्रचार संयोजक सञ्जय मल्ल, डिस्ट्रिक एवम अन्तर क्लब संयोजक सुदिप पौैडेल, जनसम्पर्क तथा पत्राचार ब्यवस्थापन संयोजक प्रदिप कुँवर, कलाकार संयोजक एकराज गिरी,अर्थ संयोजक दुर्गा सुबेदी, ब्यानर ब्यवस्थापन संयोजक किसन गिरी, स्टेज डेकोरेसन संयोजक दमनजंग राणा, साउण्ड तथा लाइट संयोजक दीपक थापा, यातायात ब्यवस्थापन संयोजक हेमन्त मल्ल, जलपान ब्यवस्थापन संयोजक बिरेन्द्र कुँवर, स्वयमसेवक संयोजक भिम क्षेत्री तोकिएको छ ।

कार्यक्रमको ब्यवस्थापन पब्लिक इभेन्टले गरेको छ भने मुख्य प्रायोजन उत्तम गुरुङ र कुँवर हार्डवयरले गरेको छ । कार्यक्रमको बैंकिग पार्टनर ओम डेभलभमेण्ट बैंक रहेको छ ।