प्रबासी नेपाली मञ्च स्पेनको तीज बिशेष कार्यक्रम सम्पन्न


बार्सिलोना/ प्रबासी नेपाली मञ्च स्पेनले तीज बिशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। हरेक बर्ष मनाउँदै आएको तीज कार्यक्रम मञ्चले सोमबार बार्सिलोनामा मनाएको हो।

कार्यक्रममा लोकप्रिय गायिका माण्डपीले आफ्ना चर्चित गीत संगीत प्रस्तुत गरेकी थिईन्। यस्तै नेपाल लोकदोहोरी प्रतिष्ठान युरोप शाखाकी अध्यक्ष सुमी घिमिरे सापकोटा,गायिका पेम्बा छोटी गोले शेर्पा,लगायत स्थानीय कलाकारहरुको समेत प्रस्तुति राखेका थिए। कार्यक्रममा किरण ढुंगानाको फ्रीस्टाईल प्रस्तुतिलाई दर्शकले अत्याधिक रुचाएका थिए। मञ्चका अध्यक्ष हेम शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिको रुपमा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरी सहभागी थिए।कार्यक्रममा स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रह्यो। कार्यक्रम संचालन मञ्चका महासचिव दिनेशराज रेग्मीले गरेका थिए।