एन आर एन ए फ्रान्सको कार्यक्रम सम्पन्न


फ्रान्स – गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद फ्रान्स को नव निर्वाचित समितीको पहिलो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संसार कै रमणिय शहर मध्य चिनिने पेरिस फ्रान्स शहर संगै जोडिएको नेपालीहरूको बढी वस्ती भएको लाकुर्नव शहरमा भएको थियो ।
संघ का अध्यक्ष एक बहादुर मल्लको अध्यक्षता र नेपाली राजदूतवास पेरिस फ्रान्स की महामहिम राजदूत अम्बिका देवी मानन्धर लुईटेलको प्रमुख आथित्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाल पेरिसका प्रतिनिधि हेमन्त उपाध्याय, म्याग्दी समाज पेरिसका अध्यक्ष हेम वानिया, नेपाली एकाता समाज पेरिसका प्रतिनिधि सूर्य पौडेल, एभरेस्ट ग्रुपमा अध्यक्ष कमल अधिकारी, संघ की भू. पु. महासचिव अनुराधा पौडेल, पाकोफेन फ्रान्स की अध्यक्ष सुमित्रा प्रधान, तमु समाज फ्रान्स का प्रतिनिधि तुला राम गुरूंग,अन्तर्राष्ट्रिय समन्वय परिषद (२०१५-२०१७ ) का ICC सदस्य मिन बहादुर जी सी, संघका संस्थापक अध्यक्ष एवं पूर्व प्रमुख संरक्षक हरिहर अर्याल ,गैर आवसीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (२०१७-२०१९) का नव निर्वाचित ICC सदस्य सुवर्ण विक्रम हमाल, संघ का निवर्तामान अध्यक्ष भक्त वाग्ले लगायतले नयाँ कार्यसमितिलाइ बधाई तथा शुभकामना दिए । स्वागत मन्तव्य संघ की वरिष्ठ उपाध्यक्ष गीता खनाल थापाले तथा कार्यक्रम संचालन संघका महासचिव नरेन्द्र शाही ठकुरीले गरेका थिए ।

कार्यक्रममा स्थानिय कलाकारहरू को नृत्य प्रस्तुती अाकर्क्षणको रुपमा रह्यो । उपस्थित महानुभावहरुले नेपाली स्वादिष्ट खाना तथा मनोरंजननात्मक कार्यक्रममा रमाउदै शुभकामना आदान प्रदान गरे ।
एन आर एन ए फ्रान्स मा सहयोग गर्ने सम्पूर्ण क्रमश: फुटबल , भलीवल खेलाडीहरू, स्वयम् सेवकहरू, कालाकारहरू लाई सम्मान समेत गरियो ।
यसैगरि निवर्तमान सदस्य किरण के सीले नव निर्वाचित समितीका पदाधिकारीलाइ सम्मान समेत गरे ।

कार्यक्रम मा संघका संस्थापकहरू, पूव अध्यक्षहरू, पूर्व सल्लाहकारहरू, विभिन्न संघ संस्था का प्रमुख तथा प्रतिनिधिहरू, समाजसेवी , व्यावसायिक व्याक्तिहरू, पत्रकार एवं वुद्दिजीवीहरूकाे साथमा संघलाई माया र विश्वास गर्नेहरुकाे सहभागीता रहेको थियो ।