पोखरामा जारी सेभेन–ए साईड फुटवलमा प्रि–क्वाटरफाइनलका खेल सम्पन्न


पोखरा – पोखरामा जारी प्रथम किरण खड्का स्मृति सेभेन–ए साईड फुटवल प्रतियोगिता २०७४ अन्र्तगत विहिबार प्रि–क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् । विहिबार प्रि–क्वाटरका ६ खेल सकिएका हुन भने सुक्रबार क्वाटरफाईनलका ४ खेलहरु हुने भएको आयोजक शितल ज्योति युवा क्लवले जनाएको छ ।

पोखराको अम्मरसिंहचोक स्थित अमरसिंह माविको खेल मैदानमा विहिबार भएको पहिलो खेलमा विष्णुपादुका क्लव हेमजाले लेकसाईड एफ.सी.लाई टाईब्रेकरमा ३–२ को गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो । निर्धारित समयमा दुबै तर्फ एक एक गोलले खेल टुंिगएसंगै निर्णायकको लागि खेल टाईबेकरमा धकेलिएको हो । खेलमा बिष्णुपादुकाका गोलरक्षक विशाल पौडेल म्यान अफ दी म्याच घोषित भए ।

संगम एफ.सी.ले दोश्रो खेलमा एकता एफ.सी.बीलाई एकतर्फी ५ गोल बर्षाउदै क्वाटरफाइृनलमा यात्रा पक्का गरेको हो । संगमको जितमा म्यान अफ दी म्याच घोषित वेल प्रसाद गुरुङले ह्याट्रिक, विजय श्रेष्ठ र भिसान गुरुङले एक एक गोल गरेका हुन । निकै प्रतिष्प्रर्धामा सम्पन्न भएको तेश्रो खेलमा गार्डेन एफ.सी.ले रामघाट एफ.सी.लाई टाईब्रेकरमा ३–२ ले पन्छायो । निर्धारित समया दुबै तर्फ गोल हुन नसके पछि खेल टाईब्रेकरमा पुगेको हो । खेलमा गार्डेनका लप्सन गुरुङ म्यान अफ दी म्याच घोषित भए ।

चौथो खेलमा मसिना एफ.सी.एले एकता एफ.सी. एलाई ४–१ को गोल अन्तरले पराजित गर्यो । मसिनाको जितमा शान्ता गुरुङले दुई, सुनिल गुरुङ र त्रिदेव गुरुङले एक÷एक गोल गरेका हुन । खेलमा मसिनाका गोलरक्षक जनम गुरुङ म्यान अफ दी म्याच घोषित भए । पाँचौं खेलमा गलेश्वर युवा क्लवले पस गाँउ एफ.सी माथि सडेन डेथमा जित दर्ता गर्यो । निर्धारित समयमा दुबै तर्फ एक ÷एक गोल, टाईब्रेकरमा दुबै तर्फ ३÷३ गोलले खेल बराबरीमा टुंगिए पछि खेल सडेन डेथमा पुगेको हो ।

टाईब्रकर पछि पेनाल्टी सुट हान्दै जादा दुबै तर्फ ३÷३ जनाले सुट हान्दा निर्णय भएको हो । गलेश्वरका गोलरक्षक उत्तम गुरुङ म्यान अफ दी म्याच घोषित भए । म्यान अफ दी म्याच घोषित विजय गुरुङको ४ गोलको मद्धतले आयोजक शितल ज्योति पहेलोले ढुंगे साँघु एफ.सी.लाई ४–० ले पन्छाउदै क्वाटरफाईनलमा यात्रा बनाएको हो । सुक्रबार एल.जी.एशोसियसन र रन्जन मेमोरियल बिच पहिलो क्वाटरफाईनल खेल हुने भएको क्लवका सचिव पुर्ण गुरुङले बताए ।