झरी, संगीत, नाच र फेसनको फ्युजन ‘रेन्टरटेनमेन्ट’को रमाइलो


राजाराम पौडेल, पोखरा – ‘रेन्टरटेनमेन्ट’को चौथो संस्करण पोखरामा सम्पन्न भयो । झरी, संगीत, नाच र फेसनको फ्युजन सहितको ‘इभेन्ट’ले दर्शकले रमाउने अवसर पाए । जक्शन डटकमको प्रस्तुतीमा लेकसाइडस्थित व्यञ्जन रेस्टुरेन्टले गरेको मनोरञ्जनात्मक साँगीतिक ‘इभेन्ट’मा रम्नेहरु उल्लेख्य थिए । कार्यक्रममा सहभागी हुन पुगेका युवायुवती झरीको प्रवाह नगरकिन संगीतको तालमा राती अवेरसम्म रमाए । ‘ओम इभेन्ट्स’को व्यवस्थापनमा भएको इभेन्टमा झरीमा मोडलहरुलाई ¥याम्पमा उतारिदाँ कार्यक्रममा रौनकता थपियो ।

अरुण गिरीको कोरीयोग्राफिमा अनुषा श्रेष्ठ, मुस्कान घोताने, मनिषा हमाल, शिवानी कुँवर, रोसनी नेपाली, निर्मिता घिमिरे, अञ्जिता सुवेदीको हट फेसन इभेन्टको मुख्य आर्कषण थियो । समर थिममा मोडलहरुलाई ¥याम्पमा उतार्दै ग्ल्यामरस् मार्फत दर्शकलाई उत्साहित बनाउन आयोजक सफल बने । उनीहरुसँगै दर्शकले नाच्ने अवसर पनि पाए ।

झरीमा रुझ्दै नाचगान अनि खानपिन गर्दै मनोरञ्जन गर्न पाइने भएकोले पनि यो इभेन्ट रम्न खोज्नेहरुको संख्या बढी हुने गर्दछ । कार्यक्रमकै लागि पोखरासँगै काठमाण्डौ, चितवन, बुटवल, धरान, दमौली लगाएतका स्थानबाट पनि ‘पार्टी लभर’हरु पोखरा पुगेका थिए । यो पटक ‘रेन्टरटेनमेन्ट’मा झण्डै एक हजार दर्शकहरु रमाएको आयोजकले जनाए ।
डिजे ¥याविट तथा डिजे फिन्जोकको डिजेइङ र निसा पन्थीको होस्टिङ शैली उपस्थित युवालाई उत्तेजित बनाउदै रम्न बाध्य बनाउने अर्को खुराक बन्यो । आकाशबाट मुसलधारे पानी परिरहेको समयमा पानीको कुनै प्रवाह नगरिकन रुझ्दै, संगीतको तालमा रमाउदै, विभिन्न परिकारको स्वाद चाख्नेहरुको भिडले आयोजकलाई व्यवस्थापन गर्न समेत हम्मेहम्मे प¥यो । ‘रेन्टरटेनमेन्ट’बाट हुने नाफा मध्येको १५ प्रतिशत रकम तराईका बाढी पीडितहरुलाई राहत स्वरुप उपलब्ध गराउने व्यञ्जन रेष्टुरेन्टका सञ्चालक वैभव पौडेलले जनाए ।