प्रदेश र प्रतिनिधि सभाको लागि ९१ दललाई निर्वाचन चिन्ह प्रदान (विवरण सहित)


काठमाडौं – आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि ९१ वटा राजनीतिक दललाई निर्वाचन आयोगले  निर्वाचन चिन्ह प्रदान गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा विहीबार बसेको आयोगको बैठकले ९१ दललाई निर्वाचन चिन्ह प्रदान गरेको हो ।

संविधानको धारा २७१ बमोजिम निर्वाचन प्रयोजनको लागि दल दर्ता गरी पाउँ भनी ९५ दलले निवेदन दिएकोमा ९१ वटा दललाई चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ । दल दर्ता गराउन आयोगले साउन १४ गते सूचना प्रकाशित गरी दल दर्ताका लागि निवेदन दिन आग्रह गरेको थियो ।

दलहरुले प्राथमिकता क्रममा माग गरेका निर्वाचन चिन्हहरूमध्ये आयोगको निर्वाचन चिन्हको समूहमा कायम रहेका निर्वाचन चिन्हबाट निर्वाचन चिन्ह प्रदान गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

दुई वा दुई भन्दा बढी राजनीतिक दलहरु संयुक्त भई एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिन चाहेका राजनीतिक दलहरुको हकमा समेत राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दर्ता गरी एकल चुनाव चिह्न प्रदान गर्ने निर्णय गरिएको आयोगले जनाएको छ ।

हेरौ कुन दललाई कुन चिन्ह