प्रबासी नेपाली मञ्च युरोप गठन,झाक्री र तिमिल्सिनालाई जिम्मेबारी


बार्सिलोना/ नेकपा एमाले निकट प्रबासी नेपाली मञ्चहरुको युरोप स्तरीय बैठक सम्पन्न भएको छ। युरोप क्षेत्रमा रहेका मञ्चका प्रतिनिधिहरुको उपस्थितिमा फ्रान्समा बैठक सम्पन्न भएको हो। दुई साता अघि पेरिसमा सम्पन्न बैठकले प्रबासी नेपाली मञ्च युरोप गठन गरेको छ।

कमिटीको संयोजकमा एमाले नेतृ रामकुमारी झाक्री,सहसंयोजकमा पुष्प राज तिमिल्सिना तथा सचिवमा सुबास पोखरेल चयन भएका छन्। एमाले महासचिव तथा पुर्ब उपप्रधान तथा परराष्ट्रमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा युरोपका बिभिन्न देशहरुबाट प्रतिनिधिहरु सहभागी भएका थिए। प्रबासी नेपाली मञ्च स्पेनका संस्थापक अध्यक्ष तथा युरोप सहसंयोजक बनेका तिमिल्सिनाले लामो समय देखिको प्रयास सफल भएको बताएका छन्। उनले भने,”हामीले युरोपभरका मञ्चहरुको साँझा कमिटी बनाउने यस अघि पनि प्रयास गरेका थियौ,अहिले आएर महासचिव कै उपस्थितिमा गठन गर्न सक्यौ,यसले झन् युरोपभर एमाले आस्थावान् साथिहरुलाई एक बनाएको छ।”