नेपालको मेडिकल रिपोर्टलाई मान्यता दिने स्पेनिस दूताबासको जवाफ


बार्सिलोना /भारतको नयाँ दिल्ली स्थित स्पेनिस दूताबासले नेपालको मेडिकल रिपोर्टलाई मान्यता दिने बताएको छ। स्पेनमा रहेका नेपालीहरुले मेडिकल रिपोर्ट दूताबासले नमान्ने भन्दै गुनासो पोखे पछि यस बारे समाचार प्रकाशित भएको थियो।

स्पेनमा रहेका नेपालीहरुलाई परिबार पुनर्मिलनको प्रक्रिया दिनप्रतिदिन जटिल बन्दै गएको तथा मेडिकल रिपोर्ट समेत दिल्लीमा नै बनाउनु पर्ने बाध्यता रहेको भन्दै स्पेनबासी नेपालीहरुले गुनासोलाई समेटेर समाचार प्रकाशित भएको हो।  

नेपालका अस्पतालबाट बनाईएको रिपोर्ट दिल्ली दूताबासमा मान्यता नदिनु बारे आँफुले राखेको जिज्ञासामा दूताबासले प्रतिउत्तर दिएको एनआरएनए स्पेनका अध्यक्ष चिन्तामणी सापकोटा बताउँछन्। अध्यक्ष सापकोटालाई दूताबासले ईमेलको प्रतिउत्तर दिदै लेखेको छ,”तपाईंको प्रश्नको उत्तरमा, हामी तपाईंलाई सूचित गर्दछौं कि चिकित्सा प्रमाणपत्र नेपालबाट एक चिकित्सक डाक्टरले जारी गर्न सकिन्छ। सबै सार्वजनिक कागजातहरू नेपालको परराष्ट्रमन्त्रालय र नेपाल स्थित स्पेनिस कन्सुलरबाट वैधानिक हुन जरुरी छ। यी कागजातहरू सोन ट्रासलेटर मार्फतद्वारा स्पेनीमा अनुवाद गरिनेछ।”

दूताबासले लेखेको ईमेल

संघका अध्यक्ष सापकोटाले नेपालको मेडिकल रिपोर्ट,परिबार पुनर्मिलनको समस्या बारे एनआरएन कार्यलयमा आउने जानकारी,पछिल्लो नियम परिबर्तन,अनुगमनका लागि हुने ढिलाई बारे जिज्ञासा राख्दै दूताबासलाई ईमेल गरेका थिए।

यो पनि पढ्नुहोस् :- सरकार ! बेईज्यत भो:-”दिल्ली स्पेनिस दूताबासले,नेपालको मेडिकल रिपोर्ट मान्दैन”