पोखराका मेयर मानबहादुर जिसी कोरीया जादै


पोखरा – दक्षिण कोरियाको जेडन सिटिको आयोजनामा हुने एशिया प्यासिफिक सबमिट कन्फरेन्समा सहभागी हुन पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी जाने भएका छन् ।

कार्यक्रममा २० भन्दा बढि देशका मेयरहरुको सहभागीता रहने कन्फरेन्समा जिसीसंगै पोखरा महानगरपालिका कार्यकारी अधिकृत दिर्घनाराण पौडेल पनि जाने छन् । मेयर जिसी शुक्रबार काठमाडौ गएका छन । उनी शनिबार दक्षिण कोरिया प्रस्थान गर्ने बताइएको छ । कन्फरेन्समा एशियामा अहिले भित्रिएको नयाँ प्रविधि र विकासका आधुनिक मोडहलहरु बारे छलफल र एक आपसमा अनुभव आदान प्रदान हुने मेयर जिसीले बताए । कन्फरेन्स भदौ २५ देखि २८ गतेसम्म चल्ने छ भने जिसी २९ गते स्वदेश फकर्ने बताइएको छ ।

कार्यक्रममा काठमाण्डौं, धरान, धुलिखेल र नवलपरासिका मेयर तथा अन्य सरकारी अधिकारीहरु समेत सहभागी हुने बताइएको छ । भ्रमणमा सम्पुर्ण खर्च भने आयोजक संस्था कोरीयाको डेजन सिटिले गर्ने भएको पोखरा लेखनाथ महानगरपालिकाका मेयरका प्रेस सहयोगि लक्ष्मण तिमिल्सिनाले बताए ।