विश्व साक्षरता दिवसको अवसरमा  छात्रवृत्ति वितरण


पोखरा – लायन्स क्लव अफ पोखरा अन्नपूर्णले विश्व साक्षरता दिवसको अवसरमा  कास्कीका विभिन्न विद्यालय तथा क्याम्पसहरुमा अध्यनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।

क्लवले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत कक्षा नर्सरी देखी स्नातकोत्तर तहसम्मका न्युन आर्थिक अवस्था भएका र शारिरिक रुपमा कमजोर विद्यार्थीहरुलाई ३ लाख ७९ हजार रुपैया प्रदान गरेको हो । विभिन्न बिदेशी दाताहरु तथा क्लवका सदस्यहरुवाट संकलन गरिएको रकम २३ जना बिद्यार्थीहरुलाई जनही ७ हजार देखी २२ हजार रुपैयासम्म वितरण गरिएको क्लवका अध्यक्ष अर्जुन पोखरेलले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पढ्न चाहाना हुदा हुदै पनि पढ्न नपाएका विद्यार्थीहरुलाई क्लवले सहयोग गरेर उदाहरणिय काम गरेको बताए । उनले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुलाई शैक्षिक स्तर बृद्धि गरी अगाडी बढ्न आग्रह गरे ।कार्यक्रममा क्लवका पूर्व अध्यक्ष सोनाम सांगु ,लायन चेयर पर्सन बाबुराम गिरी , विद्यार्थी सुवास लामा, क्लवका उपाध्यक्ष दिनेश तुलाचन, सचिव सूर्यप्रसाद बराल लगायतका वक्ताहरुले क्वलले रचनात्मक कामहरुलाई आगामि दिनहरुमा पनि निरन्तरता दिन आग्रह गरे ।