पोखरामा अन्र्तराष्ट्रिय लन टेनिस च्याम्पियनसिप हुने


पोखरा – नेपालमै पहिलो पटक पोखरामा एनआईसी एशिया आईटिएफ सिनियर अन्र्तराष्ट्रिय लन टेनिस च्याम्पियनसिप हुने भएको छ । कास्की जिल्ला लन टेनिस संघको आयोजना र अखिल नेपाल लट टेनिस संघ केन्द्रीयको सहयोगमा भदौ २६ देखि ३१ पहिलो चरण र असोज २ लेखि ७ गतेसम्म दोश्रो चरणको खेल पोखरामा संचालन गर्न लागिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पोखरा रगंशालाको टेनिस कोर्टमा संचालन हुने प्रतियोगितामा नेपाल, फिनल्याण्ड र भारतका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक कास्की जिल्ला लन टेनिस संघका अध्यक्ष विनोद कायस्थले जानकारी दिए । दुई चरणमा संचालन हुने प्रतियोगितामा ३५, ४५ र ५५ उमेर समुह गरि तिन इभेण्टमा प्रतिस्पर्धा गराइने अखिल नेपाल टेनिस संघका केन्द्रीय सदस्य एवं कार्यक्रम निर्देशक अजय विष्टले जानकारी दिए ।
प्रतियोगितमा भारतका दिलिप महत्री, चन्द्र भुषण, सरद टयाक, प्रविनकुमार नायक, नरेश खत्रीले सहभागीता जनाउने छन् । महत्री, भुषण टेनिका चार नम्वर र्याङका चर्चित खेलाडी हुन भने सरद ६ र खत्री आठौ स्थानका हुनुहुन्छ । त्यस्तै नेपालका तर्फबाट कमल थापा, मनोज राणा, राजु श्रेष्ठ, मनोज शाह र मनोज दास मुल, इन्द्रजीत राईले प्रतिस्प्र्धा गर्ने आयोजकले जनाएको छ । यस प्रतियोगितामा सहभागीले प्राप्त गर्ने अंकले अन्तराष्ट्रिय रुपमा र्याङकीमा प्रभाव पार्ने प्रतियोगिताका निर्देशक अजय विष्टले जानकारी दिए ।
प्रतियोगितामा ३५ वर्षमाथिकोमा नेपालका २८ र भारतबाट ८ जना, फिनल्याण्डबाट एक जना, ३५ माथिको प्रतिस्पर्धामा नेपालबाट २९ र भारतबाट ६ जना र ५५ माथिको प्रतिस्पर्धामा नेपालबाट १६ र भारतबाट ८ गरि प्रतियोगितामा ८३ जनाले सहभागीता जनाउने निश्चित भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिता सम्पन्न गर्न करिव १० लाख रुपैयाँ खर्च लाग्ने आयोजक कास्की जिल्ला लन टेनिस संघले दिएको छ ।