भारतमा मात्र किकको ३ दिनमा कमाई ८३. ८३ करोड


मुम्बई –
सलमान खानको फिल्म किकले पहिलो तिन दिनमा नै ८३. ८३ करोड भारुको व्यापार गरेको छ। पहिलो दिनमा २६. ५०,दोस्रो दिनमा २७. १५ र तेस्रो दिनमा ३०. १८ करोड भारुको व्यापार गर्न सफल भएको छ ।

सलमान अभिनित यो सिनेमाले पहिलो तिन दिनमा नै १०० करोड ब्यापार गर्ने पुर्ब अनुमान गरिएको थियो । तर प्रदशनको चौथोदिन पनि दर्शकहरु खचाखच रहेको भारतीय फिल्म समीक्षक एवं व्यापार विश्लेषक तरुण आदर्शले जनाएका छन्।
फिल्ममा सलमानका अतिरिक्त ज्याकलिन फर्नान्डेज, नवाजुद्दिन सिद्धिकी र रणदिप होडालगायत कलाकार छन्।
मुस्लिमहरूको महान चाड इदमा रिलिज गरिएको एक्सनप्रधान फिल्म किकले भारत बाहिर पनि राम्रो कमाई गरिरहेको छ ।