एनआरएनए युकेको अध्यक्षमा योगुकमार फगामी बिजयी


बार्सिलोना /गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेलायतको अध्यक्षमा योगुकमार फगामी निर्वाचित भएका छन् । एनआरएनए युकेको आगामी नेतृत्वका लागि फगामीले १२९८ मत प्राप्त गर्दै बिजयी बनेका हुन्। अध्यक्षका अर्का प्रतिद्वन्द्वी कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत प्राप्त गरे।

यस्तै आईसीसी सदस्यमा शान्ति थापा कुंवरले १८०७ मत, जयप्रकाश गुरुङ १२४१ मत र कुमारी गुरुङले ११६१ मत ल्याएर बिजयी बनेका छन्। आईसीसी सदस्यकै प्रतिद्वन्द्वीहरु देवराज आचार्य (चिरन) ले ७६८ मत र अर्जुन कटुवालले ७३६ मत प्राप्त गरेका छन्।

संघको उपाध्यक्षमा पुनम गुरुङले १६११ मत,शेरबहादुर सुनार १४३३ मत,डा. प्रेम बहादुर आले १२६८ मत,सुशिला राई १२०९ मत,ललितकुमार न्यौपाने ११०८ मत र प्रेम गाहामगरले १०४९ मत ल्याएर  निर्वाचित भएका छन् । यसै गरी महासचिवमा राजकुमार त्रिपाठीले १०४० मत प्राप्त गर्दै बिजयी बने। महासचिवकै प्रतिद्वन्द्वीहरु फडिन्द्र भट्टराईले ८२७ मत र खुशी लिम्बुले  ६८२ मत ल्याएका छन्।

उपमहासचिवको कडा प्रतिस्पर्धामा विनय अधिकारीले ३७ भोट बढी प्राप्त गर्दै बिजयी बने। प्रतिद्वन्द्वी कृष्ण तिवारीले १०२२ मत प्राप्त गरे भने अधिकारीले १०५९ मत प्राप्त गर्दै बिजयी बनेका हुन्।

सचिवमा तारानाथ भण्डारीले १४५१ मत,नारायण पौडेल ‘गाउंले’ १३६६ मत र सुरज मास्केले ११८८ मत ल्याएर बिजयी बनेका छन्। कोषाध्यक्षमा सचिन श्रेष्ठले ७७९ मत र सह-कोषाध्यक्षमा गजेन्द्र गुरुङले १२६५ मत ल्याएर बिजयी बनेका छन्। युवा संयोजकमा लालबहादुर गुरुङ (एलबीजेड)  र कुमार थापा निर्वाचित भए ।

सदस्यहरुमा अर्कराज तिम्सिना, गंगाबहादुर राना, जीतबहादुर 
रानाभाट, डेबिन्द्र थापा, पवन शर्मा, पवन राई, विमला लिम्बु, मुकेश राना र होमनाथ पौडेल निर्वाचित भए ।

संघको नयाँ कार्यसमिति चयनका लागि शनिबार सम्पन्न निर्बाचनमा चार मतदान केन्द्रमा पुगी ७८.४ प्रतिशत मतदाताहरुले मतदान गरेका थिए।

कसले कति मत ल्याए ?

अध्यक्ष –

कृष्णप्रसाद तिमल्सेना 912

हिराधन राई 560

योग कुमार फगामी 1298

उपाध्यक्ष –

दयानिधी सापकोटा 957

दीपककुमार श्रेष्ठ 862

डा. दिलिप कुमार यादव 365

डा. प्रेम बहादुर आले-1268

प्रेम गाहा मगर 1049

पुनम गुरुङ 1611

भोलानाथ खनाल 433

राष्ट्र राई 988

ललित कुमार न्यौपाने 1108

शेर बहादुर सुनार 1433

शुसिला राई 1209

महासचिव

खुशी लिम्बु 682

फडिन्द्र भट्टराई 827

राज कुमार त्रिपाठी 1040

उपमहासचिव

कृष्ण तिवारी 1022

विनय अधिकारी 1059

सचिव –

तारानाथ भण्डारी 1451

नारायण पौडेल ‘गाउँले’ 1366

सुरज मास्के 1188

सुनिल बाबु खड्का 988

कोषाध्यक्ष –

महेश गिरी 670

शालिकराम सापकोटा 608

सचिन श्रेष्ठ 779

सहकोषाध्यक्ष

गजेन्द्र गुरुङ 1265

सुरज पौडेल 801

युवा संयोजक

कुमार थापा 987

विरेन्द्र श्रेष्ठ 625

राजन खकुरेल-896

लाल बहादुर गुरुङ 1305

सदस्यहरु

अर्कराज तिमल्सिना 1183

कमल कँडेल 764

कुलेश्वर (कृष्ण) ढकाल-870

गंगा बहादुर राना-1178

डेबिन्द्र थापा-1099

तिलकराज भट्टराई 713

पवन शर्मा 990

पवन राई 1024

पर्शुराम पाण्डे 415

बिमला लिम्बु 1124

बिष्णु प्रसाद खरेल 567

मनिष खड्का 812

मुकेश राना 1050

होमनाथ पौडेल 988

आइसीसी सदस्य

अर्जुन कटुवाल 736

कुमारी गुरुङ 1161

जय प्रकाश गुरुङ 1241

देवराज आचार्य (चिरन) 768

शान्ति थापा 1807