एन आर एन डेनमार्कको अध्यक्षमा यामलाल सुवेदी विजयी ।


कोपनहेगन । एन आर एन डेनमार्कको अध्यक्षमा यामलाल सुवेदी विजयी भएका छन् ।एन आर एन डेनमार्कको हालै सम्पन्न चौथो अधिवेशनको निर्वाचन प्रक्रियामा सुवेदी विजयी बनेका हुन् । उनका प्रतिद्वन्दी रविन्द्र खड्का रहेका थिए । मतपरिणामको घोषणा निर्वाचन आयुक्त मोहन राज मिश्रले मतदान सकिए लगत्तै गरेका थिए भने यो सबै नेपाली अनि नेपाली समुदायको जीत भएको उनले बताए

महिला प्रतिनिधी, दुइ महिला सदस्य र युवा प्रतिनिधी निर्विरोध चयन भएकोले यी बाहेक सबै पदमा मतदान भएको थियो । मतदान कम्प्युटरमा विधुतीय प्रणाली अन्तर्गत भएको थियो । मतदान प्रक्रिया र निर्विरोध प्रक्रिया बाट निम्न अनुसारको कार्यसमिति बनेको छ ।

अध्यक्ष;
यामलाल सुवेदी

उपाध्यक्ष महिला;
सुसिला हमाल

उपाध्यक्ष खुल्ला;
डा. नबिन अर्याल
नरेन्द्र बहादुर बस्नेत

महासचिव;
सुमन थापा

सचिव;
राजमान तामांग

कोषाध्यक्ष;
अशोक शर्मा

युवा प्रतिनिधि
सोवितराम जीसि

महिला प्रतिनिधि;
अन्जु पराजुली

सदस्यहरु:
नारायण चापागाई
लक्ष्मी प्रसाद जमरकट्टेल
नरेन्द्रनाथ ढकाल
रोशन कुमार खतिवडा
नारायण मिश्र
आस्मीन मिश्र
मुना सापकोटा मिश्र

आई. सी. सी प्रतिनिधी
कुलराज शर्मा