पोखरेली प्रतिभा बुद्ध लामालाई पोखरामा भव्य स्वागत


पोखरा –  एपिवान टेलिभिजनद्धारा सञ्चालित चर्चित रियालिटी शो ‘नेपाल आइडल’ को ग्राण्ड फिनालेमा प्रवेश गरेका पोखरेली प्रतिभा बुद्ध लामालाई पोखरामा भव्य स्वागत गरियो । मंगलबार पोखरा पुगेका उनको स्वागतमा हजारौ समर्थक जम्मा भएका थिए ।

‘बुद्ध लामा जिताऔं’ अभियानको आवहानमा भएको स्वागत कार्यक्रममा उनका साथी भाई, आफन्त र समर्थक सहभागी थिए । लामालाई पोखरा विमानस्थलमा पन्चे बाजा बगाएर, माला, टोपी र खाताले मिस तामाङ दिप्ती तामाङले स्वागत गरिन् ।

पोखरा विमानस्थलबाट बाजा गाँजा सहित पोखराको परिक्रमा गरे पछि उनले गीत समेत प्रस्तुत गरे । पोखराको जनप्रिय क्याम्पस अगाडी चार महिनापछि पोखरा फर्किदाको अनुभव बाढ्दै मोहनी लाग्ला है गाउँलेको बोलीले बोलको गित उनले प्रस्तुत गरे ।

ग्राण्ड फिनाले प्रवेशपछि उनी गृहनगरमा भोट अपिलका लागि पुगेका हुन् । अडिसनबाट छानिएका डेढसय प्रतिष्प्रर्धीलाई पछिपार्दै ग्राण्ड फिनाले प्रवेश गरेका बुद्ध सानैदेखि गायनका रुचि राख्दै साधना गरिरहेका प्रतिभा हुन् । उनी नेपाल आइडलको टप थ्रि भित्र पर्न सफल भएपछि पोखरेली युवा र संगित प्रेमी उत्साहित हुदै पोखरा विमानस्थल पुगेका थिए ।

गृह नगरमा आएका लामा निकै खुशि मुद्रामा पोखरेली फ्यानलार्ई अभिवादन गरेका थिए । स्वागत गर्न पोखरा विमानस्थल पुगेका युवायुवतीहरु बुद्ध संग सेल्फी खिच्ने तछाडमछाड गरेका थिए । गित प्रस्तुत पछि लामाले पोखरेलीको साथ र न्यानोमायाले आफुमा थप हौसला र आत्माविश्वा बढेको सुनाए ।