ईद अवसरमा मंगलाबार सार्वजनिक विदा


काठमाडौँ, साउन १२

इस्लाम धर्मावल्मबीहरुको पर्व ईद (इदुल्ल फित्र)का अवसरमा   सरकारले मंगलाबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले एक सूचना जारी गर्दै सोमबार उक्त जानकारी गराएको हो।

मुस्लिम समुदायले अरबी पात्रोको नवौं महिना रमजानका २९ वा ३० दिन रोजा ब्रत बसेको खुसियालीमा ईद मनाउने गर्दछन्।