लुम्रेको तारे वराहमा भित्तेपत्रिका लेखन तालिम


पोखरा । कास्कीको माछापुच्छ्र्रे गाउँ पालिका ८ लुम्रेमा रहेको तारे वराह आधारभुत विद्यालयमा एक दिने वाल भित्तेपत्रिका लेखन तालिम मंगलबार सम्पन्न भयो ।

तालिममा तारे वराह आधारभुत विद्यालय लुम्रे र वराह आधारभुत विदालय, ल्वाङका विद्यालयमा गठन भएका वाल क्लबका छात्रछात्राहरु तथा शिक्षकशिक्षिकाहरुको सहभागिता रहेको थियो ।

भित्रे पत्रिकाको महत्व र प्रकाशन कसरी गर्ने, के के सामाग्री राख्ने विषयमा स्पेनबाट संचालित नेपालीनेपाली डटकमका पोखरा समाचार संयोजक कृष्ण रानाभाटले प्रशिक्षण दिएका थिए ।

तारे वराह आधारभुत विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर गुरुङले तालिमले विद्यार्थीहरुलाई भित्रे पत्रिकाको महत्वको बारेमा थाहा भएको र हरेक महिना विद्यालयले प्रकाशन गर्ने पत्रिकामा उनिहरुको सक्रिय सहभागिता रहेने वताए ।

सो अवसरमा नौलो घुम्ती नेपालको आयोजना तथा गुड नेवर्स इन्टरनेशलको आर्थिक सहयोगमा दुवै विद्यालयको लागि भित्तेपत्रिका प्रकाशनको लागि आवश्यक सामाग्रीहरु नौलो घुम्ती नेपालका एजुकेशन फोकल पोइन्ट महेश विकले हस्तान्तरण गरेका थिए ।