पोखरा ९ द्धारा सय दिनका गतिबिधि सार्वजनिक


पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ ले जननिर्वाचित प्रतिनिधि वडा कार्यालयमा प्रवेश गरेका सय दिनको उपलब्धि सार्वजनिक गरेको छ ।

वडा कार्यालयले जनप्रतिनिधि आएपछि वडाले गरेका सय दिनका गतिविधि सार्वजनिक गरेको हो । वडाले विपन्न व्यक्तिलाई आफ्नो संस्कार अनुसारको आन्तरिक कार्यको लागि आर्थिक सहयोग गर्ने, पाश्र्वचित्र प्रकाशनको थालनी, विकास निर्माणका काम सुरु गर्नु पुर्व सरसफाई गरेको हुनु पर्ने जस्ता कार्यहरु अनिवार्य गरिएको जनाएको छ ।

त्यसै गरि सेतिनदि बचाउँ अभियान अन्र्तगत केहि व्यक्तिहरुले सेफ्टि टंकी बनाउन सुरु गरिसकेका, फोहर उठाउने जिम्मा पाएको कम्पनिले समय मै फोहर नउठाएमा खारेजीको माग गर्ने, भाडामा वस्नेको अनिवार्य रेकर्ड राख्ने, जनसहभागिता उठाउन अटेर गर्नेलाई वडाबाट पाईने सुबिधा कटौती गर्ने लगाएतका रहेका छन् ।

वडाले यो सय दिन भित्रम वडा सदस्यहरुको पनि कार्य क्षेत्र विभाजन गरेको छ । वडा सदस्यहरुलाई टोल विकास संस्था र आमा समुहहरुलाई परिचालन गराउने देखि लिएर टोल विकास संस्था तथा आमा समुहको अधिवेशन नियतिम भए नभएको समेत जानकारी दिनुपर्ने साथै विना नक्सा बनेका घरहरुको लगत राख्न समेत जनप्रतिनिधिहरुलाई जिम्मा लगाईएको वडा अध्यक्ष रामराज लामिछानेले वताए।

वडा सचिव लोकदर्शन कोईरालाले सेवाग्राहीका कार्य छिटो छरितो गर्नको लागि जेठ ३१ गतेदेखिने अनलाइनद्धारा व्यक्तिगत घटना र सामाजिक सुरक्षा सम्बन्धि कार्य गरिसकेको वताउँदै गत वर्ष भएका विकास निर्माणका कार्यहरुको पनि अनुगमन गरिएको वताए ।