न्याय परिषद बैठकले एकैपटक १९७ जिल्ला न्यायाधीशको सरुवा (लिष्ट सहित)


काठमाडौं – बुधबार बसेको न्याय परिषद बैठकले एकैपटक १९७ जिल्ला न्यायाधीशको सरुवा गरेको छ ।

संघीय संसद र प्रदेश सभा चुनावका लागि निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा परिषदको बुधबार बसेको बैठकले न्यायाधीश सरुवाको निर्णय गरेको हो ।निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार न्यायाधीश सरुवाका लागि आयोगले सहमति दिएको छ । यो सँगै न्याय परिषद बैठकले सर्वोच्च अदालतको न्यायाधीशको लागि तीन नाम सिफारिस समेत गरेकाे छ ।

यसैगरी न्याय परिषदले आगामी निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा खटाउन आयोगलाई दिएको ७७ न्यायाधीशको नाम पनि सार्वजनिक गरेको छ । मुख्य निर्वाचन अधिकृतका लागि १० जिल्ला न्यायाधीश जगेडामा राखिएको छ।

न्याय परिषद बैठकको मिति २०७४भाद्र २८ को निर्णय हेर्न यहाँ क्लिक गर्नु