सहयोग जुट्यो तर जीवन रहेन


प्रकाश तिवारी, कोस्टाब्लान्का स्पेन,

एकातिर अविरल बर्षाका कारण देश डुवानमा परेको थियो अर्का तिर अत्यन्तै दुर्लभ मानिएको ‘लुपुज’ रोगले कठेखोला गाउँ पालिका ४, तम्राङ्ग, बाग्लुंगकी २४ बर्षिय बिष्णु श्रीस पुनको जीवन संकटमा थियो। काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचार गराई रहेकी विष्णुले अस्पतालको शैया बाट सबै संग कृपया म बाच्न चाहन्छु मलाई बचाई दिनुस भन्दै अनुनय बिनय गर्दै थिइन्।

परिवारको आर्थिक अवस्था कमजोर त्यसमाथि दुर्लभ रोगको उपचार पद्वति नै महँगो अस्पतालमा करिव १८ लाख खर्च भै सकेपछि अस्पतालले थप ३२ लाख खर्च लाग्ने र ज्यान बचाउन सकिने आश्वासन दिए पछि बिष्णुको परिवारले उनको जीवन रक्षाको लागि सबै संग हार गुहार गर्न थाले।  देश, बिदेशमा भएका आफ्ना आफन्त साथिभाई गाउँ तथा जिल्ला बासीहरु सबै सँग सहयोगका लागि हात जोडे। यसरी आफ्नै गाउँ छिमेकमा हुर्केकी छोरी चेलीलाई बचाउन सोहि गाउँ स्थायी घर भई हाल स्पेन बस्दै आउनु भएका केशर थापा र मनिराज जोल्मीको सक्रियतामा स्पेनको कोस्टाब्लान्कामा सहयोग अभियान चलाए।

२ हजार ५ सय युरो करिव ३ लाख रुपैया नेपाल स्थित मिलन थापा द्वारा बिष्णु पुनका श्रीमान प्रकाश पुनलाई हस्तान्तरण गरिएको थियो। तर बिडम्बना सहयोग रकम पुगेको २ दिन पछि नै अन्तत बिष्णु लुपुज रोगको शिकार बन्न पुगिन र २४ बर्षको कलिलो उमेरमै उनको असमायिक निधन भयो।

बिष्णुको परिवारले उनको जीवन बचाउन कुनै कसुर बाँकी राखेन सबै सँग हार गुहार गरेर अस्पतालले भने जति रकम पनि जुटायो तर उनको अमुल्य जीवन भने रहेन।

स्पेनमा रकम संकलन गरी  नेपाल पठाइको सम्पूर्ण विवरण यस प्रकार रहेको छ।

१. लुम्बिनी रेस्टुरेन्ट, मोराइरा १०६ युरो
२. गोर्खा प्यालेस, खाबिया २५ युरो
३. काठमाण्डौ रेस्टुरेन्ट, खाबिया – १५१ युरो
४. काठमाण्डौ रेस्टुरेन्ट, डेनिया – १५१ युरो
५. काठमाण्डौ रेस्टुरेन्ट, मोराइरा – १६१ युरो
६. काठमाण्डौ रेस्टुरेन्ट, आल्बिर – १५१ युरो
७. केशर थापा, मनिराज जोल्मी र समर पुन (नेपाली तन्दुरी हाउस, बेनिडर्म – २०१ युरो
८.  राज कुमार खाबिया – १० युरो
9. सहिल राज दाहाल, आलिकान्ते – २५ युरो
१०. प्रकाश गौतम खाविया – २० युरो
११. याम कुमारी खत्री, खाविया – २१ युरो
१२. महा दत्त कंडेल (गोर्खा प्यालेस खाबिया) – ५१ युरो
१३. श्रीधर खाबिया – ५० युरो
१४. लक्ष्मण पाण्डे, खाबिया – १० युरो
१५. सैलेश थापा, खाबिया – १० युरो
१६. अक्कल बोहरा (रारा क्याफे आल्बिर) – ११० युरो
१७. सुमित शर्मा, आल्बिर – २० युरो
१८. शेखर खरेल, आल्बिर – २० युरो
१९. राज, आल्बिर – १० युरो
२०. गौरभ, आल्बिर – २० युरो
२१. सुबाश, आल्तिया – २० युरो
२२. मोना रेस्टुरेन्ट, आल्बिर – ५० युरो
२३. दिनेश सापकोटा, आल्बिर – १० युरो
२४. दिनेश कंडेल, मोराइरा – २० युरो
२५. राम कुमार मोराइरा- १० युरो
२६. पदम, मोराइरा – १० युरो
२७. गोबिन्द कार्की, मोराइरा – २० युरो
२८. पासांग शेर्पा, मोराइरा – ५० युरो
२९. रितेश श्रेष्ठ, बेनिडर्म – ३१ युरो
३०. कृष्ण परियार, मोराइरा – ५ युरो
३१. हरि चापागाईं, मोराइरा – २० युरो
३२. हेलेन मल्ल, मोराइरा – १० युरो
३३. भरत राज न्यौपाने, मोराइरा – ५ युरो
३४. बिकाश भण्डारी, मोराइरा – १० युरो
३५. संजय सिम्खडा, मोराइरा – ५ युरो
३६. विजय थापा, काल्पे – ४० युरो
३७. बाबुराम गौतम, काल्पे – ५० युरो
३८. बिनोद, काल्पे – ५० युरो
३९. अमित, काल्पे – २० युरो
४०. इश्वर गौतम (एभरेष्ट रेस्टुरेन्ट काल्पे) – ५१ युरो
४१. सिता शर्मा, काल्पे – २५ युरो
४२. लक्ष्मण अधिकारी, आल्बिर – २० युरो
४३. प्रकाश केसी, आल्बिर – २० युरो
४४. नारायण थापा, आल्बिर – २० युरो
४५. नवराज दुवाडी तथा परिवार – १०१ युरो
४६. श्रेचन घर्ति, बेनिडर्म- २० युरो
४७. अन्जीता र अन्जु पुन, बेनिडर्म – ५० युरो
४८. शान्ता घले, बेनिडर्म – २० युरो
४९. बिष्णु थापा, बेनिडर्म- २५ युरो
५०. याम, बेनिडर्म – १० युरो
५१. मान बहादुर जोल्मी, बेनिडर्म – ५१ युरो
५२. हिमालय तन्दुरी रेस्टुरेन्ट, आल्तिया (केशर तथा अन्जु पुन) – २०१ युरो
५३. हिमालय तन्दुरी आल्तिया स्टाफ – १०१ युरो
५४. प्रकाश / शुलोचना तिवारी, आल्बिर – ५० युरो
५५. रुद्र आचार्य, आल्तिया – २५ युरो
५६. हेर्रिक बेनिडर्म – १० युरो