एमाले अध्यक्ष ओली भोली स्वदेश फर्कदै


काठमाडौँ, साउन १२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका पछि सिंगापुरबाट  भोलि मङ्गलबार स्वदेश फर्कंदै छन् । स्रोतका अनुसार उनी भोलि मङ्गलबार मध्याह्न १२ बजे काठमाडौँ उत्रने छन् ।

ओलीले सिंगापुरमा नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका थिए । एक साता अघि सिंगापुर उडेका ओलीको फङ्गल सङ्क्रमणका कारण दायाँ हात सुन्निएको थियो ।