डेनमार्कमा किरातिहरु संगठित


कोपनहेगन l उच्च शिक्षा तथा रोजगारीका लागि डेनमार्कमा आएका किरातिहरु संगठित भएका छन् । आफ्नो कला संस्कृति, भेषभुषा, रितिरिवाज तथा भाषाको संरक्षण तथा एकआपसमा आपसि सम्बन्ध विकास गर्ने उद्देश्यले कोपनहेगनमा हालै भएको भेलाले किरात समाज गठन भएको हो ।

अमृत सुब्बाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको हो । उपाध्यक्षहरुमा गंगा थेबे र बिनय राइ, सचिवमा रुमी हाङ राइ, सहसचिव शैलेन्द्र राइ र कोषाध्यक्षमा नोफुङ इजम चयन भएका छन् । सदस्यहरुमा अश्विनी राइ, स्मृति राइ, रिस्ता राइ, जमुना राइ, सुनिल राइ, सन्जिव लिम्बु थेबे, दिवस लिम्बु थेबे, आयना सुब्बा र केला मोदेन रहेका छन् । सल्लाहकार संयोजकमा प्रतिक सुब्वा, सल्लाहकारमा डा.अमृत राइ र गुन्ज सुनुवार रहेका छन् ।