मंगलबार पोखरामा स्प्लेश ग्रिन्ड गेट सेक्सी पुल पार्टी


राजाराम पौडेल, पोखरा – आश्विन ३ गते मंगलबार पोखरामा स्प्लेश ग्रिन्ड गेटसेक्सी पुल पार्टी आयोजना हुदैँछ । दिउँसो २ बजेबाट पोखरा चाउथेको रोयल पाम रिर्सोटमा पार्टी सुरु हुनेछ । पार्टी बेलुका १० बजेसम्म चल्नेछ । प्रस्तुतीमा पार्टीमा पुग्ने युवायुवतीलाई हट एण्ड सेक्सी डिजे नानीले डिजेइङ गर्दै उर्फार्नीछन् ।

साथमा युकेका फेल्मको फायर र बेली डान्स, फरी खानको लाइभ म्युजिक, सरु मर्हजन, सुबा पुन, शोभा वि.क., पुनम आले, अविज्ञा गुरुङ, पार्टीको आर्कषण हुनेछन् । कार्यक्रममा पोखरेली मोडलको फेसन सो, जुम्बा डान्स, फिटनेस डान्स र डिजे सेसनले दर्शकलाई रमाउने अवसर प्रदान गर्ने आयोजकको दावी छ । म्युजिकको तालमा स्विमिङ पुलमा पौडदै, विभिन्न पेय पर्दाथ, स्न्याक्स खाँदै रमाउने अवसर तहाँ मिल्नेछ ।

सि एन आइ इभेन्टसको प्रस्तुतीमा हुने कार्यक्रममा सहभागी हुन तीन सय इन्ट्री फि लाग्नेछ । ५ जनाको गुप्रमा पुग्नेलाई तीन हजारमा ५ क्यान वियर अथवा एक फुल जिन भोड्का सहित इन्ट्री गराइनेछ । पार्टीको स्थानिय व्यवस्थापन रेशम कुमाल, आशिष पुरी, इशा पोखरेल, नान्सी शाही, प्रमिला गुरुङ, सर्मीला गुरुङ मिलेर गरेका हुन् । विगतका कार्यक्रममा भन्दा यसपाली दर्शकले फरकपन पाउने आयोजकले बताए ।

यसअगाडि काठमाण्डौ र कोहलपुरमा कार्यक्रम गरिसकेको सि एन आइ इभेन्टसले आश्विन २ गते सोमबार चितवनको भरतपुर र आश्विन २८ गते शनिबार विराटनगरमा स्प्लेश ग्रिन्ड गेट सेक्सी पार्टी गर्नेछ ।