ग्लोबल सम्मेलन बिशेष:-युरोपबाट कुन-कुन पदका लागि कसको उमेद्वारी ?


बार्सिलोना/ गैर आबासीय नेपाली संघ (एनआरएनए) को आठौ बिश्व सम्मेलनमा नयाँ नेतृत्वका लागि अध्यक्ष देखि मुख्य पदहरुमा युरोप क्षेत्रबाट उमेद्वारी पर्ने देखिएको छ। अध्यक्षमा कुमार पन्त देखि उपाध्यक्ष,महासचिव,सचिव कोषाध्यक्ष लगायतका मुख्य पदहरुमा युरोपबाट उमेद्वारी पर्ने भएको हो।

हालसम्मको अबस्थालाई हेर्दा रसियाबाट बर्तमान महासचिव डा.बद्री केसीले उपाध्यक्षमा,महिला संयोजक सपिला राज भण्डारीले महिला उपाध्यक्षमा,बेलायतबाट बर्तमान युरोप संयोजक कुल आचार्यले पनि उपाध्यक्ष पदमा उमेद्वारी दिने चर्चा छ। जर्मनीबाट  बर्तमान आईसीसी सल्लाहकार पुष्प थापा पनि उपाध्यक्ष पदका आकांक्षी मानिन्छन्।

यस्तै बेल्जियमबाट बर्तमान सचिव अर्जुन कुमार श्रेष्ठले महासचिव पदमा,आईसीसी सदस्य जानकी गुरुङले सचिवमा उमेद्वारी दिने बताईन्छ। जर्मनीका सन्तोष भट्टराई पनि सचिवका आकांक्षी मानिन्छन्।

एनआरएन युकेका निबर्तमान अध्यक्ष मुछेन्द्र गुरुङले कोषाध्यक्षमा,डेनमार्कबाट बर्तमान युवा उप-संयोजक लोकराज शर्माले युवा संयोजकमा उमेद्वारी दिने चर्चा छ। बेल्जियमबाट महिला फोरम उपसंयोजक रजनी प्रधानले संयोजकमा उमेद्वारी दिदै छन्।

तर कतिपयले चर्चामा आउनका लागि मात्र भए पनि उमेद्वारी घोषणा गर्ने हुँदा संख्यामा थपघट आउने भने निश्चित नै छ।

युरोप संयोजकमा को-को छन् आकांक्षी ?

युरोप संयोजकका लागि बर्तमान उपसंयोजक द्वय प्रेम गुरुङ र दावा जी शेर्पा आकांक्षी मानिन्छन्। यस्तै पुर्ब उप-संयोजक सोम सापकोटालाई पनि संयोजकको दाबेदारको रुपमा लिईएको छ। यद्दपी सापकोटाले कोषाध्यक्षमा उमेद्वारी दिने चर्चा पनि छ। युरोप संयोजकका लागि नै नेदरल्यान्ड्सबाट हरी पौडेलले भने उमेद्वारी घोषणा गरिसकेका छन्।

यस्तै पोर्चुगलका पूर्ण हमाल,बेल्जियमबाट गंगाधर गौतम,बेलायतबाट थर्क सेन,स्विट्जरल्यान्ड्सबाट सुबास पोख्रेलको पनि चर्चा रहेको छ। यस्तै जर्मनीका सन्तोष भट्टराईको सचिवमा चर्चा भए पनि युरोप संयोजकमा उमेद्वारी पर्न सक्ने पनि बताईन्छ।  

युरोप उप- संयोजकमा को-को छन् आकांक्षी ?

युरोप उपसंयोजकका लागि स्बिट्जरल्याण्डवाट डा.बिनय श्रेष्ठले उमेद्वारी दिने चर्चा छ। डा.श्रेष्ठले संयोजक वा उप-संयोजकमा उमेद्वारी दिने बारे छलफलमै ब्यस्त छन्।  

यस्तै स्पेनका एकराज गिरी,पोर्चुगलबाट भिम केसी कमल,रसियाबाट गोबिन्द गौतम,फ्रान्सबाट मिन बहादुर जिसी,युकेबाट बिजन भट्ट,जर्मनीबाट सुरेन्द्र प्रधानले उमेद्वारी दिने चर्चा छ। एनआरएनको माहोल तात्दै जाँदा उमेद्वारी घोषणा गर्ने क्रम भने स्वत रुपमा बढ्दै जाने देखिएको छ।