नेपाली रक व्याण्ड द एक्स रक्स पोखरा


राजाराम पौडेल, पोखरा – नेपाली रक व्याण्ड द एक्सको प्रस्तुतीमा पोखरेली दर्शक रमाए । रक गीत मन पराउनेको जमातलाई मनोरञ्जन दिन पोखराको लेकसाइडमा सञ्चालनमा आएको रोलिङ स्टोनस् रक बारले ग्राण्ड ओपनिङको अवसरमा पोखरेली दर्शकमाझ देखिएको हो ।

द एक्स व्याण्डले आफ्ना चर्चित गीत तिमि को हौ बुझनै गाह्रो भो, लुक्न देउ मलाई तिम्रो केशमा, एउटा चिठिको साहराले, ठाडो जाने उकालो त, चियावारीमा, म आउदैछु लगायतका नयाँ तथा पुराना गीत मार्फत दर्शकलाई रमाउने माहोल निर्माण ग¥यो । ककटेल, मकटेल, वाइन लगायतका अल्कोहलिक र नन अल्कोहलिक पेय पदार्थ साथमा नेपाली, कन्टिनेन्टल, इन्डियन, चाइनिज, इटालियन लगायतको स्वादिष्ट परिकारको स्वाद चाख्दै द एक्सको प्रस्तुतीमा रम्न पाउँदा उपस्थित दर्शक खुशी देखिन्थे । उनीहरुले स्वरमा स्वर मिलाउदै द एकसलाई साथ दिए । संगीतको तालमा उर्फदै, नाच्दै गरेको दृश्यले द एक्स अझै जोशियो । साँझ ६ बजेबाट सुरु भएको कार्यक्रम राती अबेरसम्म चलेको थियो ।


ग्राण्ड ओपनिङको अवसरमा बिहिबार एड्रिन प्रधान एण्ड द फ्रेन्डस तथा शुक्रबार नेवाज व्याण्डको प्रस्ुतुतीमा समेत दर्शक रमे । नियमित व्याण्डहरु अडियो फाम, ओभिराप्रोर्टस, पाइरेट्स, द डिर्मज्, अल्जाइमर्स, ब्ल्युफायरले समेत माहोल तताँए । पोखरामा रक गीतलाई प्रमोसन गर्दै रक गीत मन पराउने आन्तरिक तथा बाह्रय पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने उद्धेश्यले रक बार सञ्चालनमा आएको हो । रकबारमा असिभ, रोहन, लोमस, सञ्जिव, सविन र विराजको लगानी छ । केहि महिना अगाडिबाट सञ्चालनमा आएको यो रकबारले विशेष कार्यक्रमको आयोजना गरी विधिवत ओपनिङ गरेको हो ।