साहित्य लेखन आफैँमा राजनीति हो : उज्ज्वल प्रसाईँ


पोखरा – लेखक तथा पत्रकार उज्ज्वल प्रसाईँले साहित्य लेखन आफैँमा राजनीति भएको बताउनुभएको छ ।
पोखरामा शनिबार ¥याण्डम रिडर्स सोसाइटी अफ नेपालको मासिक कार्यव्रmममा भारतीय लेखिका अरुन्धती रोयको किताब ‘द मिनिस्ट्री अफ् अटमोस्ट ह्यापिनेस’माथि परिचर्चा गर्दै रिडर्स झापाका अध्यक्षसमेत रहनुभएका प्रसाईँले साहित्यलाई राजनीतिनिरपेक्ष बनाउने कल्पना गर्नै नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘साहित्यकारले समाजको वर्तमान समस्यालाई उत्खनन् गर्ने हो, समाधानका उपाय दिने होइन ।’ प्रसार्इँले साहित्यकारबाट समाधान खोज्न नहुने जिकिर गर्नुभयो । भारतीय समाज बुझ्न अरुन्धतीको साहित्य राम्रो सन्दर्भ सामग्री हुने भन्दै प्रसाईँले कृतिले माक्र्सवादी सौन्दर्यका सन्दर्भमा बलियो उपस्थिति राख्ने बताउनुभयो । शिल्प र प्रस्तुतिको दृष्टिबाट रोयको उपन्यासले पाठकमा कम्पन पैदा गर्ने बताउँदै उहाँले यसले मस्तिष्कमा झनझनाहट उत्पन्न गराउने दाबी गर्नुभयो ।

सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यव्रmममा दीपक पराजुली, विष्णु शर्मा, भीम रानाभाट, षडङ्गराज घिमिरे, राजेन्द्र पौडेल, गौरी तमुलगायतले टिप्पणी गर्नुभएको थियो । सचिव रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यव्रmममा पुस्तक छनोट समितिकी संयोजक सरस्वती प्रतीक्षाले स्वागत गर्नुभएको थियो ।

अध्यक्ष पौडेलले वर्तमान कार्यसमितिको अन्तिम कार्यव्रmम नै ७७ औँ शृङ्खला भएको बताउँदै असोज महिनामा अधिवेशन हुने भएकाले कार्यव्रmम नहुने र कार्तिक महिनामा नयाँ कार्यसमितिले नियमित रुपमा कार्यव्रmम आयोजना गर्ने जानकारी दिनुभयो ।