विमान बंगलादेशको चक्कामा आगलागी,सबै सकुशल


काठमाडौं,साउन १२

ढाकाबाट काठमाडौं आएको विमान बंगलादेशको एउटा जहाजको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा आगलागी भएको छ ।

विमानको पछाडिकको दायाँ पट्टीको चक्कामा आगो लागेको हो । आगो तत्काल नियन्त्रणमा लिउकाले कुनै क्षति भने हुन सकेन । विमानमा सवार सबैको सकुशल उद्दार गरिएको छ ।
घटनामा कुनै मानवीय क्षति भएको छैन । जहाज धावनमार्गमा कुदिरहँदा टायरमा आगो देखिएको थियो। त्यस लगत्तै तत्काल नै आगो नियन्त्रणमा लिइएको थियो । नयाँ टायर बंगलादेशबाट ल्याएपछि मात्र भोलिबाट जहाज उड्ने भएको छ ।