असोज ७ गते टुर दी पोखरा साइकल र्‍याली हुने


पोखरा – आन्तरीक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले पोखरामा टुर दी पोखरा साइकल र्‍याली हुने भएको छ । साइकल सिटी पोखराको आयोजनामा असोज ७ गते “स्वास्थ्य, वातावरण तथा पर्यटनका लागी साइकल” भन्ने नाराका साथ टुर दि पोखरा आयोजना गर्न लागिएको आइतबार पत्रकार सम्मेलनको गरि जानकारी दिइएको हो ।

असोज ७ गते शनिबार २६.५ कि.मी आयोजना गरिने टुर दि कार्यक्रम पोखरा रगंशालाबाट सुरु भई बृद्धचोक, राम बजार, अमरसिंहचोक, हस्पीटलचोक, रानीपौवा, महेन्द्रपुल, पालिखेचोक, नदिपुर, पृथ्वीनारायाण क्याम्पस, के आई.सिंह पुल, दिप, बाटुलेचौर, लामाचौर, दिप, के आईसिंह पुल, बगर टयाक्सीचोक, मोहरियाटोल, नालामुख, सिद्धार्थचोक, बिपिचोक, न्यूरोड, सभागृहचोक, सृजनाचोक, जिरो कि.मी, हल्लनचोक, लेकसाइड, राष्टबैकचोक, ड्यामसाईड, विरौटाचोक, मुस्ताङचोक, नागढुङगा, पृथ्वीचोक हुदै पूर्न रगंशालामै पुगर समापन हुने साईकल सिटि पोखराका अध्यक्ष प्रकाश बज्राचार्यले जानकारी दिए ।

कार्यक्रममा धरान, नेपालगञ्ज, काठमाडौ, कैलाली लगायतका विदेशी सहित गरेर ८ सय जनाको सहभागीता रहने टुर दि पोखराका संयोजक ईश्वरप्रसाद आचार्यले जानकारी दिए । कार्यक्रममा सहभागीताका लागी ६ सय र एक सय रुपैयाँ दर्ता शुल्क राखिएको छ । ६सय रुपैयाँ तिर्ने साइकल यात्रीले टिसर्ट, मेडल, जुस, पानी र खाजाको सुविधा प्राप्त गर्ने छ भने एक सय रुपैयाँ शुल्क तिर्नेले ती सुविधा प्राप्त गर्न नपाउने आयोजकले जनाएको छ ।