एनआरएन महासचिव पदमा अर्जुन कुमार श्रेष्ठको उमेद्वारी घोषणा


बार्सिलोना/ गैर आबासीय नेपाली संघको आठौं अन्तर्राष्ट्रिय सम्मेलनमा बेल्जियमका अर्जुन कुमार श्रेष्ठले महासचिब पदमा उमेद्वारी घोषणा गरेका छन्। राष्ट्रिय समन्वय परिषद बेल्जियमले सोमबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै श्रेष्ठले उमेद्वारी घोषणा गरेका हुन्। श्रेष्ठले बर्तमान कार्यसमिति २०१५-२०१७ मा रहेर सचिवको जिम्मेबारी निर्बाह गरिसकेका छन्।

श्रेष्ठले बेल्जियमबासी नेपाली समुदायलाई सम्बोधन गर्दै भने,”एनआरएनएको संस्थागत विकास, सांगठनिक सुधारमा मेरो अनुभव र सिपलाई उपयोग गर्न काठमाडौंमा १४–१७ अक्टोबरसम्म हुने आठौं अन्तर्राष्ट्रिय सम्मेलनमा महासचिव पदमा उम्मेद्वारी दिएको छु ।”

गैर-आवासिय नेपाली संघमा सन् २००९ देखि विभिन्न पदमा रही अभियानमा लागेका श्रेष्ठले दुई कार्यकाल अन्तराष्ट्रिय समन्वय परिषदको सदस्यमा रही काम गरे भने २०१३-२०१५ को कार्यकाल २७ बटा राष्ट्रिय समन्वय परिषद रहेको युरोप क्षेत्रको संयोजक बनेर जिम्मेबारी निर्बाह गरे

को हुन् अर्जुन कुमार श्रेष्ठ ?

बेल्जियममा करिब डेढ दशक लामो समय गुजारीसकेका श्रेष्ठ एक सफल युवा ब्यबसायी रुपमा परिचित छन्।बेल्जियमको पर्यटकीय तथा औधोगिक शहर अन्त्वेर्पेंनमा नेशनल होटल संचालनमा गरिरहेको बिपीए ग्रुप सँग आबद्द श्रेष्ठले छोटो समयमा नै ब्यबसायमा फड्को मारेका छन्।

यस्तै श्रेष्ठ आबद्द बिपीए ग्रुपले यस अघि अन्त्वेर्पेंन नजिकै सेन्ट-निक्लासमा न्यु फ्ल्नांदर होटल संचालन गरिरहेका छन्। न्यु फ्ल्नांदरन बेल्जियममा नेपालीहरुको लगानीमा संचालन गरेको पहिलो तिन तारे होटल मानिन्छ। श्रेष्ठले एक दशक अघि देखी नै बेल्जियममा बिभिन्न ब्यबसायहरु संचालन गर्दै आएका छन्।