छैटौं संस्करणको सिटी रेबान महोत्सव तथा फुड फेस्टिभल सुरु


पोखरा –  छैटौं संस्करणको सिटी रेबान महोत्सव तथा फुड फेस्टिभल सोमबारदेखि सुरु भएको छ । नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा महोत्सव तथा फुड फेस्टिभलको न्याय कानुन तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले उद्घाटन गरे ।

कार्यक्रमको प्रमुख अतीथि समेत रहेका थापाले व्यवसायलाई विस्तार गर्नुपर्ने बताए । पोखराका सबै क्षेत्र पर्यटकका लागी उपयुक्त रहेको औल्याउदै थापाले व्यवसायीलाई अन्तराष्ट्रिय गुणस्तरको सेवासुविधा प्रदान गर्न सुझाए । ‘लेकसाइड मात्रै नभएर यहाँका अन्य स्थानमा पनि रेष्टुरेण्ट व्यवसायीहरुको संख्या बढ्दो छ । यसलाई प्रतिष्पर्धा सँगसँगै गुणस्तरीय बनाउनु आवश्यक छ’ , उनले भने ।

कार्यक्रममा सिटी रेबानका संस्थापक अध्यक्ष चीरञ्जीवी श्रेष्ठ, पोउवा संघका अध्यक्ष विश्वशंकर पालीखे , नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागी, वस्तुगत संगठनका तर्फबाट शिव वास्तोला, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपीलनाथ कोइराला लगायतले महोत्सव सफलताको शुभकामना ब्यक्त गरे । बर्षेनी आयोजना हुने महोत्सवले पोखराको समग्र पर्यटनमा टेवा पु¥याउनुपर्नेमा उनिहरुको जोड थियो ।

महोत्सवमा नृत्य देखि थारु नृत्य सम्म हुनेछ । १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा व्यावसायिक प्रयोजनका ९५, रेस्टुरेन्टका १०, सामाजिक संघसंस्था र सुरक्षा तथा स्वास्थ्य सम्बन्धी २० गरी १ सय २५ स्टल रहेका छन् ।महोत्सवमा मंगलबार लोकदोहोरी तर्फ बद्री पंगेनी र सुगम संगित तर्फ कमल खत्रीको प्रस्तुती रहने छ । यसबाहेक विभिन्न कलाकारहरुको प्रस्तुती रहेको संस्थाका सचिव जीवन दाहालले जनाए ।

महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय लोकदोहोरी कलाकारको दैनिकरुपमा प्रस्तुति, पप कन्सर्ट, हास्य कलाकारको प्रस्तुति, २५ देखि ४० वर्ष उमेर समूहका गृहिणी एकल नृत्य प्रतियोगिता, कृषि प्रदर्शनी र दसैंको अवसरमा खसी, बोका, च्यांग्राको बिक्री वितरण एवं प्रदर्शनी महोत्सवको मुख्य आकर्षण रहेको दाहालले सुनाए । पहिलोपटक महोत्सवमा भाले छोप्ने र ढिँडो खाने प्रतियोगिता समावेश गरिएको छ ।

करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको महोत्सवमा ४१ लाख ९५ हजार रुपैयाँ खर्च र ४८ लाख ४० हजार रुपैयाँ आम्दानी गर्ने अनुमान छ । बचत रकमबाट ५ प्रतिशत पर्यटन प्रवद्र्धनका लागि, ५ प्रतिशत दैवी प्रकोपका लागि र ५ प्रतिशत असहाय बालबालिकाका लागि खर्चिने जानकारी दिइएको छ । महोत्सव सञ्चालनका लागि संस्थाले अध्यक्ष पीताम्बर पौडेलको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरेको छ ।महोत्सवको प्रवेश शुल्क ७० रुपैयाँ राखिएको छ । विद्यार्थी, अशक्त, वृद्धवृद्धा, बालबालिकाका लागि परिचयपत्रको आधारमा छुटसहित ४५ रुपैयाँ कायम गरिएको छ । कार्यवाहक अध्यक्ष दीपक तिमील्सेनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत निवर्तमान अध्यक्ष केपी शर्मा पाध्या र धन्यवाद पुर्व अध्यक्ष यामबहादुर गुरुङको रहेको थियो । महासचिव जीवन दाहालले कार्यक्रमको सञ्चालन गरेका थिए ।