आर्थिक विकासमा प्रत्यक्ष असर गर्ने परियोजनाको लिष्टिङ


पोखरा – पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक विकासमा प्रत्यक्ष असर गर्ने विभिन्न परियोजनाहरुको वर्गिकरण(लिष्टिङ) गरिएको छ । आर्थिक विकास योजनाको मस्यौदा प्रतिबेदन बारे सोमबार प्रस्तुती कार्यशाला कार्यक्रममा लिष्टिङ गरिएका योजना बारे जानकारी दिइएको हो ।

लिष्टिङ गरिएका योजना कार्यान्वयन भए पोखराले आर्थिक विकासमा फड्को मार्न सक्ने बताइको छ । पोखरा लेखनाथ महानगरपालिकाको आयोजना र इपिआईको सहयोगमा परियोजना तयार पारिएको हो । योजनाहरुमा दिपाङ्घ तालको सम्र्वद्धन, विकास तथा संरक्षण, बसुन्धरा पार्कको सोन्दर्यकरण, पर्यटकको बसर्या लम्ब्याउने गरि पोखरा, लुम्विनि कनेक्सन, पर्यटन प्रर्वद्धन, हल्लनचोकस्थित क्याम्पिङ चौरलाई पार्किङ र सौन्र्दयकरण, रत्मन्दिरलाई पर्यटकको निमित्त प्रवद्धन गरि आयआर्जन गर्न सकिने गरि योजना लिष्टिङ गरिएको पोखरा लेखनाथ महानगरपालिकाका योजना महाशाखा प्रमुख एंव वरिष्ठ इन्जिनियर शारदामोहन काफले बताए ।

त्यस्तै कास्कीकोटलाई नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने, केदारेश्वर मन्दिरलाई अझै भब्य निर्माण गरि धार्मिक पर्यटनलाई बढवा दिने, सराङकोटमा रहेको एक सय रोपनी जग्गाको उचित प्रयोग गरि पर्यटन प्रर्वद्धन, सराङकोटमा नवनिर्माण मन्दिरलाई पूर्णता दिने, सराङकोट भ्यू टावरलाई पूर्न निर्माण तथा पदयात्री मार्ग निर्माण, हेमजा तथा अन्य कृर्षि उपजमा सहयोग र पुशपालन, कुखुरापालन तथा दुग्ध उत्पादनमा सहयोग गर्न सके पोखरा लेखानाथ महानगरपालिकाको आर्थिक विकासले फड्को मार्नसक्ने गोष्ठिमा ईन्जिनियर काफ्लेले बताए । विभिन्न सुचनाहरुलाई आधार मानी र सरोकारवालाहसंग भदौ २ गते भएको आधारमा बढिमा चार अंक राखी प्राथमिकरण गरिएको राम क्षेत्रीले बताए । सहभागीमुलक तथा गरिव समुदायका फाइदामा चार अंक, सार्वजनीक नीजि साझेदारीको आसयपूर्ण हुने चार अंक, अन्य ठाँउमा अनुकरण गर्न सक्ने चार अंक, राजनैतिक इच्छा शक्तिमा चार अंक, चाडै गर्न सक्नेमा चार अंक र कार्यान्वयन गर्ने नीतिमा चार अंक दिएर योजना विश्लेषण गरिएको क्षेत्रीले बताए ।

कार्यक्रममा बोल्दै पोखरा लेखनाथ महानगरपालिका मेयर मानबहादुर जिसीले विकासका लागी कुरा धेरै भएकाले अव नतिजामुखी काम गर्नुपर्नेमा जोड दिए । ‘पोखराको विकासमा कुरा धेरै भए अव, नतिजा आउने गरि काम गरौ ’उनले भने ।योजना आयोगका पूर्व उपाध्यक्ष सन्तोष शर्माले नीजि क्षेत्र र जनता सहयोग गर्न तयार भएकाले काम गर्न सजिलो हुने भन्दै आफनो तर्फबाट आवश्यक सहयोग रहने बताए । पोखर लेखनाथ महानगरपालिकका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले पोखराको आर्थिक विकासमा सम्भवना धेरै रहेको बताउदै विभिन्न खाले विरोधले विगारेको बताए । उनले योजना कार्यान्वयनमा कसरी जाने भन्नेमा स्पष्ट हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १८ का अध्यक्ष रणबहादुर थापा, वडा नम्वर ६ का अध्यक्ष जगत पहारी, वडा नम्वर २४ का अध्यक्ष ओम सुवेदी, वडा नम्वर २८ का अध्यक्ष निर्मल दियाली, वडा नम्वर ३१ का अध्यक्ष कमलबहादुर थापा, लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, शहरी विकास कार्यालय पोखराका डिभिजन प्रमुख किशोरलाल महाजु लगायतले पोखराको विकासका लागी सवैलाई समेटेर र विभिन्न ठाँउको महत्वलाई बुझेर योजना बनाउन सुझाव दिए । कार्यक्रम पोखरा लेखनाथ महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा भएको थियो भने संचालन प्रशासन महाशासा प्रमुख अनन्त प्रसाद कोइरालाले गरेका थिए ।