लायन्स क्लव प्रचारमुखी होइन सेवामुखी हुनुपर्छ : श्रेष्ठ


राजाराम पौडेल, पोखरा -लायन्स क्लवका पुर्व मल्टिपल चियर पर्सन दिपक श्रेष्ठले लायन्स क्लवहरु प्रचारमुखी नभई सेवामुखी हुनुपर्नेमा जोड दिएका छन् । मंगलबार लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘लायन्स क्लवहरु सेवामुखी भन्दा पनि प्रचारमुखी भएका छन् यसलाई सहि ट्रयाकमा हिडाउनुपर्छ’ उनले भने । डिष्ट्रिकले यस तर्फ ध्यान दिएकोले विस्तारै सकारात्मक परिवर्तन आउने अपेक्षा उनले गरे ।

लायन्स क्लव अफ सिर्जना चौतारीका अध्यक्ष कलाधर बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष बास्तोलाले सिर्जना चौतारीले स्पोन्सर गरेका क्लव लायन्स क्लव अफ फेवा वेगनास चौतारी, लायन्स क्लव अफ विरौटा साझा चौतारी, लायन्स क्लब अफ युनिटि चौतारी, लायन्स क्लव अफ युनिक चौतारी र लायन्स क्लव अफ सफल चौतारी पाँच वटै क्लबलाई साथमा लिई सामुहिक कार्यक्रम गर्ने प्रतिबद्धता जनाए । सबैको साथमा मिलेर कार्यक्रम गर्दा प्रभावकारिता बढ्ने उनको विश्वास थियो ।

कार्यक्रममा एओजीद्धय पदमबन्धु पोखरेल र किशोर बराल, संस्थापक अध्यक्ष एवंम डिष्ट्रिकका वृक्षारोपण कमिटि चियर पर्सन बालकृष्ण बराल, निवर्तमान अध्यक्ष एवं जोन चियर पर्सन बसन्त गिरी, प्रथम उपाध्यक्ष जित बहादुर थापा गोपाल, द्धितिय उपाध्यक्ष जीवन गोर्खाली, सचिव विष्णु गौतम, लायन्स क्लव अफ फेवा वेगनास चौतारीका सस्थापक अध्यक्ष सन्तोष घिमिरे, वर्तमान अध्यक्ष पुरुषोत्तमराज भण्डारी, लायन्स क्लव अफ विरौटा साझा चौतारीका संस्थापक अध्यक्ष दुर्गा कुमारी आचार्य, वर्तमान अध्यक्ष सिता पहारी, लायन्स क्लव अफ युनिक चौतारीका अध्यक्ष एकराज गिरी, लायन्स क्लव अफ युनिटि चौतारीका अध्यक्ष सरस्वती गिरी, लायन्स क्लव अफ सफल चौतारीका अध्यक्ष जितेन्द्र थापा, कार्यक्रम सयोजक जनकराज पराजुली लगायतले बोलेका थिए । उनीहरुले नेपालीहरुको महान् पर्व विजयादशमी, दिपावली, छठ, नेपाल सम्वत लगायतका पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्दै विकृतिरहित ढंगले चाडपर्व मनाउदै संस्कृतिको रक्षा गर्नुपर्नेमा जोड दिए ।