प्रदेश नम्बर २ का स्थानीय तहको प्रारम्भिक परिणाममा कांग्रेसको अग्रता


पोखरा –  तेस्राे चरण अन्तर्गत  प्रदेश नम्बर २ का स्थानीय तहको प्रारम्भिक मत परिणाम आउन सुरु भएको छ। सोमबार निर्वाचन भएका प्रदेश नम्बर दुईका ५५ स्थानीय तहको प्रारम्भिक मत परिणाम  प्राप्त भएको छ।

यो मत परिणाम अनुसार १५ स्थानमा नेपाली कांग्रेसले मेयर र अध्यक्षमा अग्रता लिएका छन् भने दोस्रो स्थानमा रहेको एमालेले १२ स्थानीय तहमा अग्रता लिएको छ।

संघीय समाजवादी फोरम र माओवादी केन्द्र १०/१० स्थानीय तहमा अग्रता लिएर तेस्रो स्थानमा छन्। ५५ मध्ये ८ स्थानीय तहमा अग्रता लिएर राजपा चौथो स्थानमा छ।