मिस कल्चर नेपालको उपाधि विना छत्याललाई


राजाराम पौडेल,पोखरा – पोखरामा आयोजित मिस कल्चर नेपालको चौंथो संस्करणको उपाधि विना छत्यालले जितेकी छन् । ग्राण्ड फिनालिमा पुगेका अन्य १३ जना प्रतिष्पर्धीलाई पराजित गर्दै उनले उपाधि हात पारेकी हुन् । प्रतियोगीतामा १४ जना प्रतियोगीकाबिच पोखरा सभागृह हलमा मंगलबार अन्तिम प्रतिष्पर्धा भएको थियो । विनाले वेष्ट डान्सको सवटाइटल पनि प्राप्त गरिन् ।

पुष्पाञ्जली फेस एण्ड इभेन्ट प्रालिले आयोजना गरेको प्रतियोगीतामा सविना बराल फस्ट रनरअप बनिन् । बरालले वेस्ट स्माइलको सवटाइटल समेत पाइन् । यस्तै मष्ट इन्टेलिजियन्ट सहित सेकेन्ड रनरअप पुजा शाह, मष्ट फ्रेन्डली सहित थर्ड रनरअप रोशनी तिमिल्सीना, बेष्ट हेयर सहित फोर्थ रनरअप सपना शर्मा घोषित भए ।

यसैगरी मस्ट ट्यालेन्ट र मष्ट फोटोजेनिक मेलिना थकाली, अर्गनाइजर च्वाइस सहित वेष्ट पर्सनालिटि मुना थापामगर, भिवर च्वाइस र वेष्ट फिगर शुभेच्छा गिरी, वेष्ट क्याटवाल्क रिस्ता घिसिङ, मस्ट पपुलर सञ्जु गुरुङ, मष्ट एक्टिभ वर्षा कँडेल, मष्ट क्रियटिभ अस्मिता पौडेल, मष्ट हेल्पफुल विनिता परियार, मष्ट डिसिपिलिनको सवटाइटल रिना गुरुङले हात पारे ।

अडिसनमा सहभागी २५ जना मध्येबाट १४ जनालाई छनौट गरिएको संस्थाकी अध्यक्ष शोभा गौतमले बताइन् । लोप उन्मुख सँस्कृति जोगाउने अभियान अन्र्तगत प्रतियोगीतालाई निरन्तर आयोजना गरिएको गौतमले बताइन् । कार्यक्रममा पोखराको सामाजिक क्षेत्रमा क्रियाशिल विभिन्न आमा समुहलाई सम्मान समेत गरिएको थियो ।