सयुक्त नेपाली मोर्चा युरोप अध्यक्षमा अर्याल,महासचिवमा भुसाल निर्बाचित


नर्बेका डा. अर्याल बायाँ र स्पेनका भुसाल दायाँ

लिस्बोन/ सयुक्त नेपाली मोर्चा युरोपको अध्यक्षमा नर्बेका डा.कृष्ण अर्याल निर्बाचित भएका छन्। आईतबार पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न अधिबेशनबाट डा.अर्याल अध्यक्षमा निर्बिरोध निर्बाचित भएका हुन्। सर्बसम्मतले चयन भएको कार्यसमितिको उपाध्यक्षहरुमा बेलायत निबासी राममणी रिजाल, स्विट्जरल्याण्डका अच्युत फुयाल र बेल्जियमका कृष्ण पौडेल निर्बाचित भएका छन्।

यस्तै महासचिबमा स्पेनका गंगा प्रसाद भुसाल र सचिवहरु मान बहादुर गुरुङ ( बेलायत) कृष्णहरी कंडेल (स्पेन) समिर अधिकारी(पोर्चुगल ),कोषाध्यक्षमा खडग बस्नेत (पोर्चुगल) र प्रबक्तामा दर्शन आचार्य (स्विट्जरल्याण्ड) चयन भएका छन्। कार्यसमितिका सदस्यहरुमा प्रकाश पौडेल ( बेल्जियम), बलमान ओलि (नर्बे),कल्पना मगर( बेल्जियम) ,गंगा शर्मा ( बेल्जियम),जितेन्द्र रायमाझी (चेक रिपब्लिक),महेश  कुमार खाती( डेनमार्क ),प्रकाश शर्मा ( जर्मनी ),सुशीला खतिबडा ( बेल्जियम),निर्मला बजगॉइ ( बेल्जियम),मिनु श्रेष्ठ (बेलायत),रुपक श्रेष्ठ ( पोर्चुगल),रन्जित राना (इटाली) रहेका छन्। बाँकी ३ सदस्यहरु कार्यसमितिले पछि मनोनीत गर्ने बताईएको छ। मोर्चाका अध्यक्ष सुरेन्द्र भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन नेकपा माओबादी केन्द्रका नेता गणेशमान पुनले अधिबेशनको गरेका थिए। ।अधिबेशनमा युरोपभर रहेका नेपाली जनप्रगतिशील मञ्चका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए।