तीन खर्व लगानी यातयात क्षेत्रमा जोखिमा अध्यक्षः सिंखडा


दिननाथ बराल
पोखरा, १२ साउन
ठुलो लगानी भएको यातयात क्षेत्रलाई राज्यले उपेक्षा गरेको पोखराका यातयात व्यावसायि तथा मजदुरहरुले आरोप लगाएका छन । एक लाख लगानी गरेका व्यवासायिहरुलाई सरकारले एक किसिमले हेर्ने गरेको तर करोडौं लगानी गरेका यातयात व्यावसायिहरुले सरकारले भने दोश्रो दर्जाको रुपमा हेर्ने गरेको सोमबार पोखरामा आयोजित एक कार्यक्रमका भक्ताहरुले आरोप लगाएका हुन । यातयात क्षेत्रमा सिण्डिकेट नभई धेरै सवारी साधनहरुको चाप भएकोले आलोपालो सिस्टम भएको व्यवासायिहरुले बताएका छन ।
एमाओबादी निकट अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष जगत
सिंखडाले सार्वजनिक यातायातको क्षेत्रमा करीब ३ खर्व भन्दा बढी लगानी भएको भए पनि व्यवासायीहरुको सुरक्षा नभएको बताए । उनले भने “नेपालका सार्वजनिक यातायातमा १० करोड सिट क्षमता रहेको छ, तर दैनिक जसो डेड करोड सिट क्षेमता पनि उपभोग हुन सकेको छैन । ” उनले थपे दैनिक जसो करीब व्यवासायीको साढे आठ करोड सिट सवैजसो घाममा सुकेको अबस्थामा राखिनु परेको छ । देशका सरकारी निकायसंग सडक तथा सवारी साधनहरुको एकिन तथ्याङक नभएको दाबी गर्दै उनले नेपालको सडकमा भएका सवै सवारी साधनहरु सडकमा राख्ने हो भने प्रत्यक १० मिटरमा एउटा सवारी साधन रहने बताए ।

यातयात सम्बन्धि सरकारले प्रष्ट निति न्याएका कारण सडक सुरक्षा नभएको बताए । उनले यसले गर्दा व्यवासायीहरुको लगानी सुरक्षा हुन नसकेकोले मजदुरहरु समेत मागमा पर्न गएको जनाए ।
नेपाल राष्ट्रिय यातायात ब्यबसायी महासंघका पश्चिमाञ्चल संयोजक धर्मराज अधिकारीले मजदुर र व्यवासायी विच एकता आवश्यकता भएको बताउदै महासंघको चुनावमा सवै एक भएर लाग्नु पर्ने बताए । एकिकृत नेकपा माओबादी कास्कीका अध्यक्ष दिपक कोइराला रुपकले राज्य पहुचको आधारमा चल्ने भएकोले यसमा मजदुर र व्यावसायीहरुको साझा एजेण्डा बनाएर अघि बढ्नुपर्ने बताए । नेपाल राष्ट्रिय यातयात ब्यबसायी महासंघका पुर्व महासचिव रमेश गिरीले यातयातको क्षेत्र कहिले पनि सरकारको प्रथामिकताको आधारमा नपरेको तथा उनीहरुले यातयात क्षेत्रलाई नबुझेको आरोप लगाए ।
अखिल नेपाल यातायात मजदुर संघ कास्कीका अध्यक्ष सुर्यमणि लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा यातायात ब्यबसायी महासंघ गण्डकी धौलागीरी समन्वय समितिका अध्यक्ष बसन्त प्रधान, समितिका निर्बतमान अध्यक्ष बाबुराम गिरी, यातायात ब्यबसायी महासघ बस्तुगत संयोजक गान्धीराज गिरी, यातायात ब्यबसायी सिंह बहादुर कार्की, लगायतले गण्डकी अञ्चलमा हुने नेपाल राष्ट्रिय यातायात ब्यबसायी महासंघको साउनमा हुने निर्बाचन कुनै राजनैतिक दल भन्दा माथि उठेर सर्वसम्बवत रुपमा चयन हुनुपर्नेमा जोड दिएका थिए ।