मानबअधिकारको क्षेत्रमा क्रियाशिल तीन जना अधिकारकर्मी सम्मानित


????????????????????????????????????

पोखरा – मानबअधिकारको क्षेत्रमा क्रियाशिल तीन जना अधिकारकर्मी सम्मानित भएका छन् । शान्तिका लागि नागरीक समाजको संञ्जाल कास्कीको चौधौ साधारण सभामा अधिकारकर्मीहरुलाई सम्मानित गरेको हो । सम्मानित हुनेमा बरिष्ठ मानबअधिकारकर्मी टेकनाथ बराल, शान्तिका लागि नागरीक समाजका संजालका संस्थापक अध्यक्ष एवं इन्सेक पुर्वाञ्चलका क्षेत्रीय संयोजक सोमराज थापा र संञ्जालका पुर्व संयोजक नबदत ढुङगानालाई राष्ट्रिय मानबअधिकार आयोगका सदस्य गोबिन्द शर्मा पौडेलले दोसल्ला तथा सम्मानपत्रले सम्मान गरेका थिए ।

संञ्जालको साधरण सभा तथा नेपालको संबिधान कार्यन्वयन ,अबसर र चुनौति बिषयक कार्यक्रममा राष्ट्रिय मानबअधिकार आयोगका सदस्य गोबिन्द शर्मा पौडेलले अब नागरीक समाजले भ्रष्टचार बिरुद्धको अभियानलाई अगाडि बढाउनुपर्ने बताए । गणतन्त्र स्थापना पछी राजनितिक दलले अधिकारकर्मीलाई उपेक्षा गरेको भन्दै दुख ब्यतm गरे ।

त्यस्तै कार्यक्रममा कास्कीका उपक्षेत्रीय प्रशाशक झलकराम सुबेदीले नागरीक समाजले संबिधान कार्यन्वयनको लागी सरकारलाई झकझकाउन आवश्यक रहेको बताउदै कानुनको अभाबमा जनताले मौलीक हक उपभोग गर्नबाट बञ्चित हुन नहुने बताए । जिल्ला बिकास समितिका अध्यक्ष बैन बहादुर क्षेत्रीले शन्ति स्थापनाको लागी संञ्जालले अहम भुमिका खेलेको बताउदै किताबमा लेखीएका कुराले मात्र अधिकार प्राप्त नहुनेहुदा अब सबै मिलेर सम्बृद्धिको आन्दोलन थाल्नुपर्ने बताए ।

प्राध्यापक डाक्टर बिश्वकल्याण पराजुलीले नागरीक समाज, सरकारी तथा गैरसरकारी संस्था र राजनितिक दलको सहकार्यको आन्दोलनले मात्र जनताले अधिकार प्राप्त गर्ने बताए । गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष पदमराज पहारीले निर्बाचित जनप्रतिनिधिले जनताको काम गर्दा जनताले स्थानीय सरकारको महशुस हुने गरी काम गर्न आवश्यक रहेको बताए । जिल्ला बार एसोसिएसन कास्कीका अध्यक्ष सोम क्षेष्ठले अब हुने संघ र प्रदेशको चुनाबमा पनी संञ्जालले खबरदारी गर्नुपर्ने बताए ।

त्यस्तै महिला मानबअधिकार रक्षक संञ्जाल कास्कीकी अध्यक्ष जानकी शर्माले मानबअधिकार पुर्नबहालीका निम्ती नागरीकका दैनीक समस्या समाधानमा संञ्जाल संधै संगसंगै हुने बताइन् । त्यस्तै कार्यक्रममा राजनीतिक दल तथा अधिकारकर्मीहरुले संबिधान कार्यन्वयन हुनुपर्नेमा जोड दिएका थिए ।

शान्तिका लागी नागरीक समाजको संञ्जाल कास्कीको चौधौ साधरण सभा कार्यक्रममा संञ्जालका अध्यक्ष ढाकाराम पौडेलले अध्यक्षतामा भएको हो । संञ्जालका महासचिब तथा इन्सेक पश्चिमाञ्चलका संयोजक शिब खकुरेलले संञ्जालको प्रगति प्रतिबेदन सञ्जालकी कोषाध्यक्ष जानकी शर्माले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन् ।